Home / Feature Breaking news / दाङ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड हुँदै

दाङ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड हुँदै

लक्ष्मण बस्नेत
दाङ,१६ असार । दाङ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुक्रबारदेखि सुरु हुदैछ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद बिकास समितिद्वारा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बेलझुण्डी रंगशालामा तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबडी, तेक्वान्दो छात्रछात्रा त्यस्तै ऎथ्लेटिक्स ट्रयाकतर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड १०० गुणा ४०० र ४ गुणा ४०० छात्रछात्रा रिले दौड तथा फिल्डतर्फ हाईजम्प, लङजम्प, त्रीपल जम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र र छात्राबिच कडा प्रतिस्पर्धा हुने दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिएका छन् ।

प्रतियोगितामा जिल्लाका दश पालिका मध्य रनिङ शिल्ड सम्पन्न गरेका सात पालिकाका बिधालयका प्रथम द्वितिय स्थान हात पारेका झण्डै तीन सय खेलाडी र अफिसियको सहभागिता रहनेछ ।

यसैबिच प्रतियोगिता संचालनको जिम्मा पाएको दाङ जिल्ला खेलकुद बिकास समितिले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तीब्र पारेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*