Home / Feature Breaking news / नेपालबाट १ करोड ३२ लाखको ‘कपाल’ निर्यात

नेपालबाट १ करोड ३२ लाखको ‘कपाल’ निर्यात

दाङ,१६ असार । चालू आर्थिक वर्ष २०७८÷७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन–जेठ अवधिमा नेपालबाट १ करोड ३२ लाख रुपैयाँको मानव कपाल निर्यात भएको हो ।

सैलुनमा गएर काटेको कपाल सञ्चालकले जम्मा गरेर बेच्ने गरेका छन् । जुन कपाल निर्यातकर्ताले विभिन्न मुलुकमा निर्यात गर्छन् । यस अवधिमा नेपालबाट ११ हजार ८७० किलोग्राम कपाल निर्यात भएको तथ्यांकले देखाउँछ ।

नेपालबाट बंगलादेश, दक्षिण कोरिया र बंगलादेशमा यस प्रकारका कपाल निर्यात हुने गरेको छ । यी तीन मुलुकमध्ये म्यानमा ८५ लाख २१ हजार रुपैयाँको कपाल निर्यात भएको छ भने बंगलादेशमा ४६ लाख २५ हजार रुपैयाँको कपाल निर्यात भएको छ । यसैगरी, कोरियामा ८९ हजार रुपैयाँको कपाल निर्यात भएको छ ।

यसैगरी, यस अवधिमा नेपालबाट २८ लाख रुपैयाँ बराबरको ब्रस निर्यात भएको छ । मानव र जनावरको कपालबाट बनाइएको उक्त ब्रस विदेशी मुलुकमा निर्यात भइरहेको विभगाको तथ्यांकले देखाएको छ । जनावरको रौंबाट बनेका यस प्रकारका ब्रस भारत जाने गरेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*