Home / समाचार / ११ महिनामा साढे ४५ अर्बको धान–चामल आयात

११ महिनामा साढे ४५ अर्बको धान–चामल आयात

२८ अर्ब ५० करोड रुपैयाँको चामल, १५ अर्ब ९२ करोडको धान र ८७ करोड ५ लाख रुपैयाँको धानको बिउ नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्रै झण्डै ५ लाख ३८ हजार मेट्रिक टन धान नेपाल भित्रिएको छ । धान मात्रै ५ लाख ४० हजार मेट्रिक टन आयात भएको छ ।

कनिका मात्रै १ अर्ब ३८ करोड मूल्यको ९६ हजार ५०० मेट्रिक टन आयात भएको छ । प्रायः कनिका दाना उद्योगहरुले ल्याउने गरेका छन् । यस्तै घरेलु मदिरा बनाउन पनि यसको प्रयोग हुने गरेको पाइन्छ । समग्र चामल आयातबाट सरकारले ११ महिनामा २ अर्ब ७५ करोड बढी राजस्व असुलेको छ ।  भन्सार विभागका अनुसार ०३६ सालसम्म पनि नेपालको चामल विदेशी बजारसम्म पुग्दै थियो । आर्थिक वर्ष ०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको तथ्यांक छ ।तर, पछिल्लो समयमा स्वदेशी धान र चामललाई भारतीय उत्पादनले नेपालमै भित्रिएर चुनौती दिँदैछन् । सरकारी अनुदानमा उत्पादित भारतीय प्रिमियम किसिमका चामल नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*