Home / Feature Breaking news / महिला हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक

महिला हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक

देवी भण्डारी
दाङ,१३ असार । महिला हिंसा न्यनीकरणका लागि सरोकारवालाहरुको भूमिका विषय तीन दिने तालिमको सोमवारदेखि बबई गाउँपालिकाको हापुरेमा सुरु भएको छ ।

बबई गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सेवा संघ दाङको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कुलबहादुर केसीले महिला हिंसा न्यूनीकरणका लागि समाजमा सचेतना आवश्यक रहेको बताए । गाउँपालिका अध्यक्ष केसीले लैंगीक, जातिय, वर्गीय, भेदभावले हिंसा निम्त्याएको भन्दै संसार बदल्ने अभियानमा लागेका राजनीतिकर्मीले पहिले आफुलाई बदल्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै बबई गाउपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले महिला हिंसा न्यनीकरणको लागि आफैबाट सुरुवात गर्नुपर्ने बताइन । उनले कतिपय ठाउँमा महिलाहरु आफै चुक्दापनि हिंसाका घट्नाहरु हुने गरेको भन्दै त्यस्ता घट्नाहरुबाट पाठ सिक्नुपर्ने बताइन ।

दलित सेवा संघ दाङका सचिब सन्तोष चुनाराको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसीको प्रमुख अथित्याता एवं बबई गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काको बिशिष्ट आथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको बारेमा बबई गाउँपालिका महिलाबालबालिका शाखा प्रमुख ईश्वरा रावतले प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका देवी प्याकुरेल, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब निर्मल नेपालीलगायतले बोलेका थिए । कार्यक्रम २० जना महिला महिला जनप्रतिनिधि तथा सरोकारवालाको सहभागीता रहेको छ । तालिम बुधवारसम्म चल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*