Home / Feature Breaking news / नेपाली कांग्रेस क्षेत्र नं.२ (क) को रिक्त पदमा विभिन्न व्यक्तिलाई मनोनित

नेपाली कांग्रेस क्षेत्र नं.२ (क) को रिक्त पदमा विभिन्न व्यक्तिलाई मनोनित

दाङ, ११ असार । नेपाली कांग्रेस क्षेत्र नं. २ (क)ले रिक्त रहेका विभिन्न पदमा  विभिन्न व्यक्तिलाई मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको छ । क्षेत्र नं.२ (क) का क्षेत्रीय सभापती प्रकाश श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापती भीमप्रकाश खड्काको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेस घोराहीनगर सभापती तिलक रावतको आतिथ्यतामा भएको बैठकले क्षेत्रीय कार्यसमितिलाई पूर्णता दिएको हो ।

बैठकले क्षेत्र नं. २ (क) प्रदेश सभाको कोषाध्यक्ष, क्षेत्रीय सदस्य, आमन्त्रित सदस्य र क्षेत्रीय प्रतिनिधि सदस्यमा विभिन्न व्यक्तिहरुलाई मनोनित गरिएको छ । जस अनुसार प्रदेश सभाको कोषाध्यक्षमा नारायणप्रसाद भण्डारी, सदस्यमा हरि जिसी, देवा जिसी, हिरावहादुर घर्ति, बसन्त गुप्ता र सपना मजगैया अधिकारीलाई मनोनित गरेको हो ।

त्यसैगरेर बैठकले आमन्त्रित सदस्यमा जगतु चौधरी, गंगा श्रेष्ठ, मिनु गिरी, द्रौपता न्यौपाने र खिमा ूिवकलाई मनोनित गरेको सचिव माया पोख्रे्रलले जानकारी दिएकी छिन् । सचिव पोख्रेलका अनुसार क्षेत्रीय प्रतिनिधि सदस्यहरुमा मंगल घर्ति, वसन्त जोसी, किरण वोहरा, डण्डीराम विक, गोविन्द्रवहादुर वुढा र अमर घिमिरे रहेका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई सच्चाउदै आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाटीलाई विजयी बनाउन सबै लाग्नुपर्ने बताएका थिए ।

त्यस्तै बैठकले निर्वाचन सफल बनाउन सहयोग गर्ने निर्वाचन आयोग, सुरक्षाकर्मी ,पत्रकार ,मतदाता, प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवैलाइ धन्यवाद दिदै विजयी हुन सफल पालिका अध्यक्ष, उपाध्यक्ष ,समन्वयका संयोजक, वडा अध्यक्षहरू, सदस्यहरू,प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष, कार्यसमिति सदस्य सवैलाई बधाई एवम शुभकामना दिएको छ ।

साथै बंगलाचुली गाउँपालिका वडा नं ५ का सभापति केशव जिसीका बुबा प्रेमबहादुर जिसीको ८३ वर्षको उमेरमा भएको निधनप्रती दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*