Home / Feature Breaking news / सञ्चारमैत्री नीतिका लागि प्रतिबद्धता

सञ्चारमैत्री नीतिका लागि प्रतिबद्धता

दाङ, १८ जेठ । स्थानीय तहका जनप्रतिनिधिले मिडियामैत्री नीति ल्याउने प्रतिबद्धता गरेका छन् । पालिकाहरू नयाँ आर्थिक वर्ष ०७८÷०७९ को नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा छन् । असार १० भित्र स्थानीय तहले बजेट ल्याउने बाध्यकारी व्यवस्था संविधानले गरेको छ । त्यो अनरूप नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग स्थानीय तहमा मिडियामैत्री नीति र कार्यक्रम निर्माणसम्बन्धी छलफल गरेको हो ।

छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधिले स्थानीय तहलाई सञ्चारमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सहज रूपमा सूचना प्रवाहको व्यवस्था मिलाउनुका साथै कार्यपालिका बैठकबाट गरिएका निर्णयहरू छिटोछरितो रूपमा सार्वजनिक गर्ने, पालिकाहरूबाट एकीकृत रूपमा सूचना प्रवाह गर्ने, सूचनाहरू स्थानीय सञ्चार माध्यमहरूलाई दिनु पर्ने, सञ्चार माध्यमलाई प्रबद्र्धन र सञ्चारकर्मीको क्षमता विकासलगायतका कार्यक्रममा ध्यान दिने बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरको समृद्धिका लागि पूर्वाधारसँगै सञ्चार क्षेत्रको विकासका लागि घोराही उपमहानगरपालिका तयार रहेको बताए । विगतमा पनि भौतिक विकाससँगै पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि घोराही उपमहानगरपालिकाले प्राथमिकता दिएको भन्दै आगामी दिनमा समेत सूचना तथा सन्देश प्रवाहको सवालमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । उनले सञ्चार माध्यम बलियो भए मात्र स्थानीय सरकारले गरेका गतिविधि र सूचनाहरू नागरिकले सजह रूपमा प्राप्त गर्न सक्ने बताएका थिए ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले सूचनालाई सहज रूपमा बाहिर लैजानेदेखि मिडियामैत्री उपमहानगरपालिका बनाउनका लागि तयार रहेको बताइन् । उनले त्यसका लागि सहयोग गर्न समेत सञ्चारकर्मीहरूलाई आग्रह गरिन् । पहिलेको तुलनामा अहिले उपप्रमुखलाई धेरै जिम्मेवारी रहेको भन्दै नगर उपप्रमुख डिसीले जिम्मेवारीअनुसार काम गर्दा कतै गल्ती भए सच्याउन निरन्तर रूपमा सहयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्काले आफ्नो पालिकामा सञ्चारमैत्री वातावरण निर्माणसँगै गाउँपालिकाका सूचनाहरू सहज रूपमा जनतासम्म पु¥याउनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सञ्चार क्षेत्रको प्रबद्र्धनका लागि सञ्चारमैत्री नीति निर्माणका लागि प्रतिबद्धता जनाइन् । उनले गाउँपालिकाले गर्ने हरेक गतिविधिलाई जनतासम्म लैजानका लागि सञ्चारको महत्वपूर्ण भूमिका हुने भएकाले सञ्चार माध्यमलाई बलियो बनाएर लग्नु पर्ने बताइन् । त्यसका लागि सञ्चार माध्यमलाई सहयोग गर्न तयार भएको बताइन् ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले बंगलाचुली गाउँपालिका सञ्चारमैत्री भइरहेको बताए । गाउँपालिकामा हुने गतिविधिहरू जनतासम्म लग्नका लागि बुझेर नै पालिकाले जिल्लामा सबैभन्दा पहिला नै आफ्नै रेडियो सञ्चालन गरेको भन्दै सहज रूपमा सूचना आदानप्रदानका लागि थप के–कस्ता कार्यक्रम गर्न सकिन्छ, सहकार्यका माध्यमबाट अघि बढ्न तयार रहेको बताए । उनले सहज रूपमा सूचना आदानप्रदानदेखि सञ्चारमैत्री नीति निर्माणका लागि नेपाल सरकारको कानुन र परीधिभित्र रहेर बनाउन तयार रहेको बताका थिए ।

राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले कार्यपालिका बैठकमा सञ्चार क्षेत्रको पहुँच गराउँदै जनताले प्रत्यक्ष हेर्न पाउने व्यवस्थाका लागि पहल गर्ने बताइन् । उनले सञ्चार क्षेत्रको विकासबिना समृद्ध पालिकाको कल्पना गर्न नसकिने भएकाले सञ्चार क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएकी थिइन् । कार्यक्रमका अन्य सहभागीले स्थानीय तहलाई सञ्चारमैत्री बनाउनका लागि सञ्चार माध्यम र सञ्चारकर्मीको क्षमता विकासका लागि ध्यान दिन आग्रह गरेका थिए । सञ्चार क्षेत्र कमजोर हुँदा गाउँपालिकाले गर्ने गतिविधि बाहिर आउन नसक्ने भएकाले पालिकाले गर्ने गतिविधिहरू जनतासम्म पु¥याउनका लागि समेत सञ्चार माध्यमलाई स्थानीय सरकारले सहयोग गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

उनीहरूले स्थानीय तह सञ्चालन ऐन र नियमभन्दा बाहिर नगएर मिडियामैत्री कार्यक्रम ल्याउन सुझाव दिएका थिए । साथै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न इमानदारीपूर्वक लाग्न आग्रह गरेका थिए । उनले सूचनालाई बाहिर ल्याएर पालिकामा भएका राम्रा कामको प्रचारमा लाग्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष एवं नागरिक समाज दाङका संयोजक केबी मसाल, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सविन प्रियासन, पत्रकारहरू सुदर्शन रिजाल, डा लोकराज पराजुली, दशरथ घिमिरेलगायतले सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*