Home / Feature Breaking news / दाङमा निर्वाचन शान्तिपूर्ण, मतपेटिका संकलन जारी

दाङमा निर्वाचन शान्तिपूर्ण, मतपेटिका संकलन जारी

घोराही, ३० बैशाख । दाङमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकार प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र सदस्य चुन्नका लागि शुक्रवार उत्साहजनक सहभागितामा मतदान भएको हो ।

जिल्लामा पानीसँगै आएको हावाहुरीका कारण केही स्थानमा समस्या गरेपनि अधिकांस स्थानमा सौहार्दपूर्ण रुपमा मतदान भएको छ । मतदानमा उत्साहन रुपमा ज्येष्ठ नागरिक, किरियापुत्री, अपांगता भएका व्यक्तिहरुको समेत सहभागीता रहेको थियो ।

निर्वाचन आयोगले दिएको विहान ७ बजेदेखि साँझ पाँच बजेसम्मको अवधिमा कुनै पनि घट्ना नभएको प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक हिरालाल रेग्मीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मतदान सकिएपछि अहिले दश वटै स्थानीय तहमा मतगणना स्थलमा मतपत्र ल्याउने काम भैरहेको बताउनुभयो । ‘जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ’,प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो,‘मतदान सकिएपछि अहिले मतपेटिका मतगणनास्थलमा ल्याउने काम भैरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार मतगणनास्थलमा मतपेटिका ल्याउने काम भैरहेको छ ।

निर्वाचनमा करिव ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । तर आधिकारीक रुपमा तथ्याङक संकलन हुन नसकेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिएको छ । उहाँका अनुसार ४ बजेसम्म ६० प्रतिशत मतदान भएपनि त्योभन्दा पछिको तथ्याङक आउन नसकेको बताउनुभयो ।

‘निर्वाचनमा चार बजेसम्म ६० प्रतिशत मतदान भएको थियो । त्यसपछि मतदानका क्रममा पानी परेका कारण व्यवस्थापनमा समस्या हुँदा पुरा जिल्लाको खसेको मत आउन सकेको छैन’,कार्यालय प्रमुख भण्डारीले भन्नुभयो,‘जिल्लाको भौगोलिक विकटताका कारण तथ्याङक संकलनमा ढिलाई भैरहेको छ । जिल्लाभरको तथ्याङक आउन समय लाग्न सक्छ ।’

मतदानका लागि दश पालिकाहरुमा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र निर्धारण गरिएको थियो । जसमा २ लाख ८१ महिला पुरुष र २ लाख ९ हजार ९९ महिला र २ अन्य गरी ४ लाख ९ हजार ९ सय २ मतदाता छन् ।

दश स्थानीय तह प्रमुखमा ७० पुरुष र १० महिला गरी ८१ जना प्रमुख तथा अध्यक्षमा र १७ पुरुष र ४६ महिला गरी ६३ जना उपप्रमुख तथा उपाध्यक्षमा प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी एक सय वडा अध्यक्षमा ४ सय ८२ पुरुष र १९ महिला गरी ५ सय १ जना, महिला सदस्यमा ३ सय ९५, दलित महिला सदस्यमा ३ सय ५५ र सदस्यहरुमा ७ सय ६६ पुरुष र ४७ महिला गरी ८ सय १३ जना प्रतिस्पर्धामा रहेका छन् । दाङमा २ हजार २ सय ७ जना उम्मेद्वार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*