Home / Feature Breaking news / घोराहीको मतगणना सभागृहमा हुने, मतगणनास्थलमा सिसी क्यामरा र तारजाली

घोराहीको मतगणना सभागृहमा हुने, मतगणनास्थलमा सिसी क्यामरा र तारजाली

घोराही, २९ बैशाख

घोराही उपमहानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको हो ।

घोराहीको बहुउद्धेश्य सभागृहमा मतगणना गर्ने तयारी गरिएको छ । मतगणना गर्ने कोठाहरुमा तारजाली लगाईएको छ ।

मतगणना स्थलमा सिसी क्यामरा र फलामको तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिएको छ । मतगणना स्थलमा सिसी क्यामरा जडान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*