Home / Feature Breaking news / चुनावकाे सँघारमा नेकपा एमालेले पैसा बाँड्दै

चुनावकाे सँघारमा नेकपा एमालेले पैसा बाँड्दै

 दाङ, २८ वैशाख । स्तानीय निर्वाचनका् सँघारमा दाङमा नेकपा एमालेले पैसा वितरण गरेकाे छ । जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नं. १ काे सिमलतारामा पैसा वितरण गरिएकाे हाे । प्रधानमन्त्री राेजगार कार्यक्रमकाे नाममा पैसा वितरण गरिएकाे हाे । पहिले काम गरेर पैसा नपाएका ( काम ठगेका भनेर पैसा नदिएका) लाई आज पैसा वितरण गरिएकाे हाे ।

पहिले काममा ठगेकाे भनेर पैसा नदिएकाे र हिजाे मंगलबार प्रधानमन्त्री राेजगार कार्यक्रममा सहभागी भएर पैसा नपाएकाहरूकाे बैंक खातामा पैसा पठाइएको र आज पुन: अरू पनि पैसा आएकाे छ भनेर पैसा वितरण गरिएकाे स्राेतले बताएकाे छ । पहिला सिमलतारा विद्यालयकाे प्राङ्गणमा पैसा वितरणकाे व्यवस्थापन गर्न थालिएपछि प्रहरीले राेकेकाे थियाे । पछि बहालवाला वडा सदस्य टाेपा कुमारी पाैडेलकाे राेहबरमा पैसा वितरण गरिएकाे हाे ।

नगद पैसा लगेर नेकपा एमालेका तर्फबाट वडा नं. १ मा अध्यक्षकाे उम्मेदवार बनेका राममणि पाण्डेले उपलब्ध गराएकाे स्राेतले जनाएकाे छ । बहालवाला वडा सदस्य टाेपा कुमारी पाैडेलकाे राेहबरमा पैसा वितरण गरिएकाे हाे । निर्वाचन आचार संहिताकाे उल्लङ्घन गरेर आचार संहिता विपरीत पैसा वितरण गरिएकाे छ । माैन अवधिमा कुनै पनि शीर्षकमा पैसा वितरण गर्न नमिल्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् ।

`माैन अवधिमा पैसा वितरण गर्नु आचार संहिताकाे उल्लङ्घन गर्नु हाे । यसबारे हामी थप कुरा बुझ्ने छाैँ ।´ `माैन अवधिमा पैसा वितरण गरिनु सरासर आचार संहिता विपरीत छ । जुनकुनै शीर्षकमा पैसा वितरण गरिनु आपत्तिजनक छ । आचार संहिताकाे उल्लङ्घन गर्न कसैलाई छुट छैन ।´ नेपाली काङ्ग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*