Home / समाचार / जनतामाझ लोकप्रीय कर्णबहादुर

जनतामाझ लोकप्रीय कर्णबहादुर

घोराही, २७ बैशाख

जनतामाझ लोकप्रीय नाम हो कर्णबहादुर बुढाथोकी । सामाजिक कार्यमा क्रियाशील रहने बुढाथोकी जनतामाझ लोकप्रीय हुनुहुन्छ । २०२५ सालमा विद्यार्थी राजनितिबाट राजनितिक यात्रा सुरु गर्नुभएका बुढाथोकी घोराही उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्ष पदकालागी चुनावी मैदानमा हुनुहुन्छ ।

वि.स २०५६ सालदेखी राजनितिक संघसंस्थामा क्रियाशील भएर सामाजिक व्यक्तीको रुपमा आफ्नो छवि बनाउनुभएका बुढाथोकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलहरुको गठबन्धनको तर्फबाट वडा अध्यक्षको साझा उमेद्वार बन्नुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको विभिन्न जिम्मेवारीमा रहेर आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गर्नुभएका बुढाथोकी साविक सौडियार गाविसबासीले रुचाएका व्यक्ती हुनुहुन्छ ।

उहाँको राजनितिक यात्राका क्रमममा सामाजिक कार्यले पनि निरन्तरता पाए । मावि धर्नाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर दुई कार्यकाल पुरा गर्नुभएका बुढाथोकी जनसामुदायिक वन महासंघको अध्यक्ष र जनभावना सामुदायिक वन महासंघमा १० बर्षसम्म जिम्मेवार पदाधिकारी भएर कार्यभार सफलतापूर्वक पुरा गर्नुभएको छ ।

२०६४ सालमा नेपाली कांग्रेस साविक सौडियार गाविसको सचिव भएर पार्टिमा क्रियाशील राजनिती गर्नुभएका बुढाथोकी १२ औँ महाधिवेशनमा पार्टिको सौडियार गाविस ईकाई सभापति भएर काम गर्नुभयो । उहाँको कार्यकौशलताका कारण १३ औँ महाधिवेशनमा पनि पार्टिको सौडियार ईकाई सभापति भएर काम गर्ने अवसर पाउनुभयो ।

१४ औँ महाधिवेशनमा घोराही उपमानगरपालिका वडा नम्बर ७ को सभापति रहनुभएका बुढाथोकी वडाबासीको माग अनुसार नै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको उमेद्वार बन्नुभएको छ ।

साविक सौडियार गाविस हुदाँ होस् वा हालको घोराही उपमानगरपालिका वडा नम्बर ७ होस् जुनुसुकै समयमा पनि सामाजिक क्षेत्रमा रहदा र राजनितिक जिम्मेवारीमा रहदा वडाबासीको हरेक घरघरमा हरेक टोलटोलमा पुगेर जनताको दुःखसुखमा साथ दिएको उहाँ स्मरण गर्नुहुन्छ । ‘म सौडियार गाविस हुदा होस् या हाल घोराही ७ नम्बर वडा हुदाँ होस् म सधै जतनाको साथमा भए । सामाजिक संघसंस्थामा हुदा पनि राजनितिमा हुदा पनि म जनताको साथमा भए’ उहाँले भन्नुभयो– ‘त्यसैले पनि मैले सजिलैसँग ३० गतेको चुनाब जित्छु भन्नेमा म ढुक्क छु । सम्पूर्ण वडाबासीहरुले मलाई भोट दिनुहुनेछ भन्नेमा विश्वस्त छु । र मत दिएर बिजयी बनाउन पनि अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*