Home / Feature Breaking news / घोराहीमा खेलाडी भीम थापाको नेतृत्वमा ६० जना कांग्रेसमा प्रवेश

घोराहीमा खेलाडी भीम थापाको नेतृत्वमा ६० जना कांग्रेसमा प्रवेश

दाङ, १७ वैशाख । आईटिएफ तेक्वान्दो खेलाडी भीमबहादुर थापाको नेतृत्वमा नेकपा एमालेका महासचिव शंकर पोख्रेलका पोख्रेलका दाइका छोरासहित ६० जना विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१५ वडा कार्यसमितिले शनिवार काठेकोहलमा आयोजना गरेको कार्यक्रममा दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष समेत रहेका थापासहित शंकर पोख्रेलका दाई देवी पोख्रेलका छोरा अभिवादन पोख्रेल एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

देवी पोख्रेल दाङका पुराना कम्युनिष्ट नेता हुन । थापासँगै उपाध्यक्ष आकाश विश्वकर्मा, सचिव मधु पन्त, कोषाध्यक्ष झक्मा विष्ट बस्नेतलगायतका खेलाडीहरु प्रवेश गरेका हुन । नेपाली कांग्रेसका नेता तथा घोराही उपमहानगरपालिका उपमेयर पदका उम्मेदवार भुपबहादुर डाँगीले अविर टिकासहित पार्टीको सदस्यता दिएर प्रवेश गराएका थिए ।

थापा यसअघि एकीकृत समाजवादी घोराही उपमहानगरालिका–१५ को वडा अध्यक्ष र पिपुल्स भोलेन्टियर दाङ अध्यक्ष थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले खेलक्षेत्रसँगै देशको विकास र जनताको समृद्धिका लागि काम गर्ने पार्टी कांग्रेस भएकाले आफुसहितका साथीहरु कांग्रेसमा प्रवेश गरेको बताए ।

‘लामो समय कम्युनिष्ट पार्टीमा आवद्ध रहेर काम गरे । तर कम्युनिष्टबाट खेलक्षेत्रको विकास हुन सकिन’,उनले भने,‘त्यसले दाङमा खेलक्षेत्रको विकाससँगै जनताको समृद्धिका लागि कांग्रेस रोजेका छौ ।’ उनले पदका लागि भन्दापनि कांग्रेसको विचार र आस्थाले प्रभावित भएको भनाइ राखेका थिए ।

त्यसैगरी पार्टी प्रवेश गर्दै पोख्रेलले घरकै काका शंकर पोख्रेल मुख्यमन्त्रीदेखि पटकपटक पार्टीको जिम्मेवार पदमा रहेर काम गर्दाको शैली आफुलाई मन नपरेकाले कांग्रेसमा प्रवेश गरेको बताए । ‘जनताका लागि काम गर्ने तँ आदर्शमा मात्र सीमित देखेँ । काकाकै काम गराइको शैलीले एमालेले जनताका लागि केही गर्लाजस्तो लागेन’,उनले भने,‘त्यही भएर एमालेमा बस्नुभन्दा कांग्रेसमा प्रवेश गरे ।’

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १५ का सभापति सुनिल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्षका उम्मेदवार रमेश पाण्डेयलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव नरेशराज श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*