Home / Feature Breaking news / घोराहीको पाँच वर्ष : बालमैत्रीदेखि फोहरबाट ग्यास

घोराहीको पाँच वर्ष : बालमैत्रीदेखि फोहरबाट ग्यास

दाङ, १० वैशाख । घोराही उपमहानगरपालिकाले पाँच वर्षको उपलब्धि सावर्जनिक गरेको छ । जनप्रतिनिधि आएसँगैको उपलब्धिलाई उपमहानगरले बदलिएको घोराही नामक पुस्तक र वृत्तचित्रमा समेटेको छ ।

शुक्रवार उपलब्धिको सार्वजनिक गर्दै नगर प्रमुख नरुलाल चौधरीले पाँच वर्षमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा अन्य क्षेत्रमा उल्लेख्य उपलब्धि गरेको बताए । बालमैत्री नगर घोषणादेखि अन्य क्षेत्रमा धेरै काम गर्न सफल भएका छौँ’, नगर प्रमुख चौधरीले भने । नगर प्रमुख चौधरीका अनुसार प्रत्येक वडाका वस्तीमा सडक र बाटो पुगेका छन् ।

‘पहाडी वडा सैघादेखि, गुरुचाचल, चाक्लीघाट, कर्मकोट, बसेरलगायतका विकट ठाउँमा बाटो पुराएका छौँ । त्यहाँ यातायातका साधन चल्ने भएको छ’, नगर प्रमुख चौधरी भने– ‘अब त्यहाँका नागरिकले डोकोमा बिरामी बोक्नुपर्ने बाध्यता हटेको छ ।’
त्यसैगरेर पाँच वर्षमा उपमहानगरका १ एउटाबाहेक १८ वटा कार्यालय जोड्न सडक पिच भएका छन् । वडा कार्यालयबाट नै राजश्व संकलन गर्ने काम समेत यो पाँच वर्षको बीचमा भएको छ ।

पाँच वर्षको बीचमा वडा कार्यालयबाट राजश्व संकलनको काम भएको छ । अब राजश्व बुझाउन उपमहानगरको कार्यालय आउनुपर्ने समस्या हटाउन सफल भएका छौँ’, नगर प्रमुख चौधरीले भने । त्यसैगरेर उपमहानगरले पाँच वर्षको उपलब्धिमा सिँचाईका ड्यामलाई राखेको छ । धेरै ठाउँमा पानीको लागि ड्याम निर्माण भएका छन् । यसले वातावरण, पर्यटन र सिँचाईको क्षेत्रमा राम्रो भूमिका खेलेको छ’, नगर प्रमुख चौधरीले भने– ‘यसले अन्य जिल्ला र पालिकालाई समेत राम्रो सन्देश दिएको छ ।’

त्यसैगरेर शिक्षा क्षेत्रमा दरबन्दी मिलान गरेको जनाएको छ । ‘लामो समयसम्म रोकिएको शिक्षक दरबन्दी मिलानसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको र शिक्षण सिकाई उपलब्धिसमेत बढेको छ’, नगर प्रमुख चौधरीले भने । त्यसैगरेर नगपालिकाका सबै वडामा स्वास्थ्य चौकी, वडा कार्यालयका भवन निर्माण भएका छन् ।

वडामा बनेको भवन र स्वास्थ्य चौकीबाट नागरिकले सहजरुपमा सेवा प्राप्त गरेका छन् । त्यसैगरेर कार्यालयलाई पेपर लेस बनाउने काममा धेरै काम भएको नगर प्रमुख चौधरीले बताए । ‘पेपरलेस बनाउने योजना अन्तर्गत अनलाइनबाट नै व्यक्तिगत घटना, राजश्व संकलनको काम भएको छ’, नगर प्रमुख चौधरीले भने– ‘यसले नागरिकलाई सहज भएको छ ।’

त्यसैगरेर हरियाली प्रवद्र्धन, सडक बत्तीलगायतका क्षेत्रमा उल्लेख्य काम भएको उपमहानगरपालिकाले जनाएको छ । काम नगरपालिकाले पाँच वर्षमा ८३ वटा कानुन बनाएको छ । बजार अनुगमन र फोहरबाट ग्याससमेत निकाल्न सफल भएको छ । ‘पाँच वर्षमा धेरै उपलब्धि प्राप्त गरेका छौँ ।

यो नगरवासीसँगै सबै क्षेत्रको सहयोग र साथले यो प्राप्त गर्न सकेका हौँ’, नगर प्रमुख चौधरीले भने– ‘यसले आगामी दिनमा आउने जनप्रतिनिधिलाई काम गर्न सहज हुन्छ ।’  कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले पुस्तकमा समेटिएका विषयवस्तुको बारेमा जानकारी गराएका थिए ।

पुस्तकमा मोहरमा बदलिएको फोहर, हराभरा घोराही, सबै वस्तीमा सडक, आधारभूत स्वास्थ्य सेवा, शिक्षामा परिवर्तन, बालेमैत्री उपमहानगर, न्यायिक समितिमा सहज, बलियो र सुरक्षित घर, सडक मानवमुक्त घोराही, सहारा आप्रवासी कामदार, खेलकुदको विकास, कानुन निर्माण र सुशासन, किसानमो जागेको उत्साह, पर्यटकीय नगरी घोराही, प्रधानमन्त्री रोजगारको उपलब्धि र बजार अनुमगन र जेष्ठ नागरिक सम्मानलगायतका कार्यक्रम छन् ।

उपमहानगरपालिका डिई युवराज पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी भीमबहादुर चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*