Home / Feature Breaking news / मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त  प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ ।

जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा मुचुल्का उठाई रहेको छ । अन्य विषयमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*