Home / Feature Breaking news / प्रदर्शनीमा स्थानीय परिकार, बढी माग फापर रोटीको

प्रदर्शनीमा स्थानीय परिकार, बढी माग फापर रोटीको

दाङ, २ चैत । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा फापरको रोटीको माग वढदै गएको छ ।

उद्यमी महिला समुहले बनाएको फापरको रोटी खानेहरुको सख्याहरु बढदै गएका छन् । अर्गानीक भएकाले खोजी खोजी खाने गरेको सीता चौधरीले जानकारी दिइन् । दैनिक फापरको रोटी खाज्नेहरु बढदै गएको उनको भनाइ रहेको छ । त्यसैगरेर सुक्का रोटी, तरकारी, सेल, आलुको अचार, ढिक्री उपल्वध रहेको हुकुमा कुवरले जानकारी दिइन् । प्रदर्शनीमा आउनेहरुको माग अनुसार खाजा उपल्वध गराउने उनको भनाइ रहेको छ ।

ताजा र अर्गानीक भएकाले खोजी खोजी आउने गरेको माया चौधरीले बताइन् । अहिले आउने नागरिकलाइ पु¥याउन नसकिएको समेत उनीहरुको भनाइ रहेको छ । उनीहरुले माग गरेको स्टलसम्म पु¥याउने गरेका छन् । यसले खाजा खानेहरुलाइ समेत सहज भएको छ । प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढ्दै गएको छ । दिउसो चर्को घाममा आएका उनीहरु साँझसम्म नै कलाकारहरुसंगै रमाउने गरेका छन् ।

प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता बढ्दै गएको मुल आयोजक समितिले जनाएको छ । प्रदर्शनीको सातौ दिन पनि साँझसम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवश्वय पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । बुधवार प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए ।

चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरुसंगसंगै रमाएका थिए । दर्शकहरुलाई घामबाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाई बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो । वुधवार रमेशराज भटरार्इ, सम्झना भण्डारी, मिना भण्डारी, रेखा लामा, एलिना रायमाझी, राशी रिजाल तथा स्थानीय कलाकारहरुले आआफनो प्रस्तुती राखेको प्रदर्शनी मुल आयोजक समितिले जनाएको छ ।

 

विहिवार मिलन नेवार, चन्द्र शर्मा, कमल गाउले, आशा बिसी, टिका सानु, सरिता दान्कुटी, मञ्जु आचार्य तथा स्थानीय कलाकारहरु आउने भएको आयोजले जनाएको छ । प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका–१४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितिी जानकारी दिएको छ ।

प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितिले जनाएको छ । त्यसैगरेर लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइ रहेको छ । खुल्ला कविता प्रतियोगीता समेत आयोजना गरिएको छ । यसैगरेर प्रदशर्नको अवसरमा हेलीकप्टर मार्फत लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिर रहेका छन् । सबैभन्दा बढी स्वर्गद्धारी जानेहरुको संख्या बढी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*