Home / Feature Breaking news / राेटरी डे मा हाजिरिजवाफ प्रतियाेगीता, गुरूकुल प्रथम

राेटरी डे मा हाजिरिजवाफ प्रतियाेगीता, गुरूकुल प्रथम

दाङ, ११ फागुन
अन्तरास्ट्रिय रोटरी डे को अवसरमा रोटरी क्लब अफ दाङकाे आयाेजनामा विद्यालयस्तरिय हाजिरिजवाफ प्रतियाेगिता घाेराहीमा सम्पन्न भएकाे छ । बिष्णुप्रसाद शर्मा घिमिरे स्मृति घोराही उप महानगरपालिका स्तरिय माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता बुधवार सम्पन्न भएकाे हाे । राेटरी क्लब अफ दाङका अध्यक्ष रजिव उल्लाह खानकाे अध्यक्षता र राष्ट्रिय सभाका मुख्य सचेतक अनिता देवकोटाकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगीतामा गुरूकुल एकेडेमी प्रथम, सिद्धार्थ एकेडेमी दृतिय र मेचिकाली मावि तृतिय भएका थिए । प्रतियाेगितामा ३० विद्यालयकाे सहभागिता रहेकाे थियाे । बिजयीहरु लाई मेडल, प्रमाणपत्र, शिल्ड तथा नगद प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षक महासंघ घाेराही उपमहानगरपालिकाका अध्यक्ष निशान्त अनचार्य, प्याब्सन घाेराही उपमहानगरपालिकाका अध्यक्ष बिरेन्द्र चन्दले मन्तव्य राख्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*