Home / समाचार / व्यवसायीलाई सीप तथा करसम्बन्धी तालिम

व्यवसायीलाई सीप तथा करसम्बन्धी तालिम

दाङ, २२ माघ । व्यवसायीहरुलाई सीपमूलक तथा करसम्बन्धी तालिम दिन थालिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नं. १४ को सहयोगमा २ दिने व्यावसायिक सीपमूलक तालिम तथा करसम्बन्धी तालिम दिन थालिएको हो ।

तालिममा व्यवसाय सुरु गर्दा कुन–कुन निकायमा दर्ता गर्ने, हिसाव–किताव कसरी राख्ने, हिसाव सही तरिकाले नराख्दा हुने समस्या, व्यवसाय गर्दा आइपर्ने समस्या, कर भनेको के हो, किन तिर्नु पर्दछ, कसरी कर तिर्न सकिन्छ, सरकारले व्यवसाय क्षेत्रमा परिवर्तन गरेका नियमका बारेमा समेत जानकारी दिइने छ ।

तालिम उद्घाटन गर्दै घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शक्तिराम डाँगीले यस प्रकारको तालिमले व्यवसायीहरुलाई व्यवसाय गर्दा सहयोग पु¥याउने बताए । ‘आफ्नो क्षेत्रको बारेमा बुझेर अगाडि बढ्दा सहज हुनेछ’ उनले भने । आफूले सिकेका कुरा अरुलाई पनि सिकाउनु उनले सुझाव दिए ।

व्यवसायीहरुले आफ्नो व्यवसायसँगै सामाजिक सेवामा जोडिन आग्रह गरेका थिए । उनले सरसफाई क्षेत्रमा व्यवसायीहरुको सहयोग रहने अपेक्षा व्यक्त गरे । ‘सबै मिलेर शहरलाई स्वच्छ र सफा बनाउन सकिन्छ, संघले विगतदेखि नै यस अभियानमा सहयोग गर्दै आएको छ आउदा दिनमा पनि सहयोग रहनेछ’, अध्यक्ष डाँगीले भने ।

संघको अगुवाइमा समाजमा धेरै राम्रा कामहरु भएको भन्दै यस प्रकारका कार्यलाइ निरन्तरता दिन आग्रह गरे । राम्रा कामहरुमा आफू सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ रहेको थियो ।

संघका अध्यक्ष टंकसिंह बुढाथोकीले संघले व्यवसायीहरुको पक्षमा कार्य गर्दै आएको बताए । व्यवसायीहरुलाई पर्ने समस्या समाधानका लागि संघ सधै तयार रहेको उनको भनाइ रहेको थियो । कुनै पनि समस्या भएमा त्यसका बारेमा जानकारी दिन समेत उनले आग्रह गरे ।

व्यवसायीहरुलाई क्षमता अभिवृद्धिका लागि समय–समयमा विभिन्न प्रकारका तालिम सञ्चालन गर्दै आएको बताए । संघले प्रदान गर्ने तालिमको सदुपयोग गरेर अगाडि बढ्नसमेत उनले आग्रह गरे ।

उद्घाटन कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए । तालिमको प्रशिक्षकमा अडिटर थम्मन अधिकारीले रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*