Home / Feature Breaking news / एक दशकपछि मैत्रीपूर्ण खेलमा नेपालको जीत

एक दशकपछि मैत्रीपूर्ण खेलमा नेपालको जीत

काठमाडौं,१५ माघ । मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ । फरवार्ड विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले पराजित गरेको हो ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा गोल गरेका थिए । उनले अन्जन विष्टको पासमा सुन्दर गोल गर्दै नेपाललाई जित दिलाउन सफल भएका हुन । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गर्न सफल भएका हुन ।

सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा परेर खेलेका खेलाडी विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए । मोरिसससँगको मैत्रीपूर्ण खेलमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई पहिलो रोजाईमा खेलाएका थिए । पहिलो रोजाइमा खेलेका उनले घरेलु दर्शकलाई निराश हुन दिएनन् ।

नेपालका लागि विमलको यो नवौँ गोल हो । खेलमा मोरिससले बराबर गर्न पटक पटक प्रयास गरेपनि सफल हुन सकेन् । मोरिससका खेलाडीले दुई पटक गरेको प्रहार नेपालका क्याप्टेन समेत रहेका गोल रक्षक किरण चेम्जोङले बिफल पारिदिएका थिए । यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलो रोजाईमा खेल्दा जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

मैत्रीपूर्ण खेलमा मिडफिल्डर आकाश बुढामगर र सुदिप गुरुङले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । मोरिसविरुद्धको मैत्रीपूर्ण खेलमा दोश्रो हाफमा दाङ निवासी खेलाडी आकाश र सुदिपले नेपालबाट डेब्यु गरेका हुन् । आकाश दाङ जिल्ला निवासी खेलाडी हुन । आकाश इन्जुरी समयमा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*