Home / Feature Breaking news / कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन

कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन

काठमाडौं,७ माघ । आगामी माघ १५ गते हुने भनिएको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।

कोभिड–१९ महामारीका कारण १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*