Home / Feature Breaking news / कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र नि:शुल्क उपचारको माग
Blood pressure measuring. Doctor and patient. Isolated on white background. Health care.; Shutterstock ID 89752360; PO: man-at-doctor-stock-TODAY-150608; Client: TODAY digital. Many men can't remember their last doctor visit.

कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र नि:शुल्क उपचारको माग

कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई नि:शुल्क औषषि र उपचार लगायतको व्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेको छ ।

अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको नि:शुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग संघले राखेको छ।

संघका अध्यक्ष रामबहादुर चन्दले आज विज्ञप्ति निकालेर कोभिड-१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरेका छन् ।

‘सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिइने व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा व्यवस्था र नि:शुल्क पिसीआर व्यवस्था गरियोस्।’

उनीहरूले खोप केन्द्रहरूमा देखिएको भिडभाड नियन्त्रण गरिनुपर्ने पनि माग राखेका छन्। त्यसका लागि स्वयमसेवक तथा सुरक्षाकर्मी परिचालन हुनुपर्ने उनीहरूको माग छ ।

‘खोप वा अन्य स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेलाई तुरुन्तै कारबाहीसंगै क्षतिपूर्तिको व्यवस्था होस्,’ संघले भनेको छ, ‘करारमा भएका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्छ।’

जनस्वास्थ्यका मापदण्ड अपनाउने कार्यमा कडाइका साथ लागू गरिनुपर्ने पनि उनीहरूले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*