Home / Feature Breaking news / होटेल तथा रेस्टुरेण्टहरु बेलुका ७ बजेसम्म मात्रै खुल्ने

होटेल तथा रेस्टुरेण्टहरु बेलुका ७ बजेसम्म मात्रै खुल्ने

दाङ,२९ पुस । कोरोना संक्रमणलाई मध्यनजर गर्दै दाङमा स्थानीय प्रशासनले कडाइ गर्ने भएको छ । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि संक्रमणदरलाई रोक्ने गरि भीडभाड हुने होटेल रेस्टुरेन्टहरु बेलुका ७ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले विहीवार सूचना जारी गर्दै निर्णयको अवज्ञा गरे कारवार्ही गर्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षेरित विज्ञप्तिमा सार्वजनिक स्थलमा निस्कदा सवैले अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ । त्यसैगरी राजनीतिक, आर्थिक, सामाजिक –माघी मेला समेत) तथा व्यवसायीक सवै प्रकृतिका २५ जना भन्दा बढी सहभागी हुने भेला तथा जमघट गर्न समेत रोक लगाइने भएको केन्द्रले जनाएको छ ।

त्यसैगरी सार्वजनिक स्थानहरु होडेल, रेष्टुरेष्ट, सिनेमा हल, रंगशाला, हवाईयत्रा,पार्कमा प्रवेश गर्दा माघको ७ गतेदेखि लागु हुने गरि कोभिडको खोपलगाएको कार्ड (मोवाइल्मा फोटो भएपनि ) अनिवार्य रुपमा देखाउनुपर्ने निर्णय गरेको छ ।

कोरोना संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम माघको १५ गतेसम्म भौतिक उपस्थीतिमा पठनपठान नगर्ने नगराउने र पूर्व निर्धारित समेष्टर र बार्षिक परिक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरि जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्न निर्देशन दिएको छ । यसैगरि बसको सिट क्षेमता भन्दा बढि यात्रु राख्न नपाइने, तथा स्वास्थ्यका सबै मापदण्ड पालनामा कडाई गरिने पनि स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*