Home / Feature Breaking news / घोराहीमा नक्कली सई बनेर ठगी गर्ने पक्राउ

घोराहीमा नक्कली सई बनेर ठगी गर्ने पक्राउ

दाङ,२९ पुस । दाङमा नेपाल प्रहरी सिआईवीको नक्कली सई बनेर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

नक्कली सई बनेर व्यवसायीलाई ठगी गरेको गुनासो आएपछि खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१५ बाट रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

‘सिआईवीको सई भनेर ठगी गर्ने गरेको उजुरी गुनासो आएको थियो । त्यही आधारमा खटिएको प्रहरीले घोराहीबाट एक जनालाई पक्राउ गरिएको हो’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक रिजालले भने,‘पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको छ ।’

प्रहरीले उनी विरुद्ध ठगी मुद्धा दर्ता गरेर कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*