Home / Feature Breaking news / कालिका वनमा पाण्डे नेतृत्वको प्यानल बिजयी

कालिका वनमा पाण्डे नेतृत्वको प्यानल बिजयी

दाङ, २५ पुस । घोराही उपमहानगरपालिका–१८ स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहमा यसोदा पाण्डेले नेतृत्व गरेको प्यानल नै बिजयी भएको छ ।

शनिवार निर्वाचन भएपनि आइतवार मात्र मतगणना सकिएको थियो । अध्यक्षमा प्रतिस्पधी सम्झना घर्तिलार्इ ६३ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक भक्तबहादुर चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार सचिवमा केशरबहादुर पुन, कोषाध्यक्षमा जितवहादुर सुनार, सहसचिवमा मधुसुदन पाण्डे निर्वाचित भएका छन् । सदस्यहरुमा भिमु पुन, जमानपुरा वुढा, नरवहादुर थापा, जागुराम चौधरी, धनि पुन, रमेश थापा, अमृता वि क, सिता वि क, शोभादेवी कुवर र यमकुमारी पुन निर्वाचित भएका हुन ।

नेतृत्वका लागि सहमती नभएपछि २ प्यान भएर निर्वाचनमा होमिएका थिए । उपाध्यक्ष र २ सदस्य सर्बसहमतीमा चयन भएका थिए । समुहमा ४ सय ५६ उपभोक्ता रहेका छन् । जसमा ४ सय ३६ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*