Home / Feature Breaking news / दाङ महिला जेसीजको पद हस्तान्तरण

दाङ महिला जेसीजको पद हस्तान्तरण

दाङ, २५ पुस । दाङ महिला जेसीजलाई महिलाहरुको नेतृत्व र क्षमता बिकाससँगै सामाजिक कार्यलाई अघि बढाउन सुझाव दिएका छन् । महिलालाई संगठितसँगै नेतृत्व र क्षमता विकासका लागि राम्रो काम गरेको भन्दै बक्ताहरुले आगामी दिनहरुमा सामाजिक सेवाका कार्यलाई प्राथमिकता दिन आग्रहसमेत गरेका हुन् ।

संविधानले महिलाहरुलाई अधिकार दिए पनि नेतृत्वमा पुग्न नसकेको भन्दै उनीहरुले नेतृत्वमा पुग्नलाई महिलाहरु सक्षम बन्नुपर्ने बताए । त्यसका लागि नेतृत्वसँगै सीप सिकाएर महिलालाई अघि बढाउन जेसीजले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य कोमल वलीले महिलाहरु नेतृत्वका लागि तयार हुनुपर्ने बताइन् । त्यसका लागि उनले महिलालाई शैक्षिक, बौद्धिकसँगै नेतृत्व गर्ने क्षमता विकास गर्न सुझावसमेत दिइन् ।

कार्यक्रममा संविधानसभा सदस्य राजु खनालले अधिकार र आत्मनिर्भरताका लागि सीपसँगै नेतृत्वका लागि महिलाहरु तयार हुनुपर्ने बताए । राज्यका हरेक तहमा पहिलेको तुलनामा पछिल्लो समय महिलाहरुको सहभागिता बढे पनि नेतृत्वमा पुग्न नसकेको भन्दै उनले त्यसका लागि महिलाहरु योग्य बन्न सक्नुपर्ने बताए ।

दाङ महिला जेसीज वर्ष २०२१ का अध्यक्ष ममता विष्ट डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष अनिलबहादुर शाही, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्यलगायतले बक्ताहरुले मन्तव्य व्यक्तहरु गरेका थिए ।

महिला जेसीजको अध्यक्षमा घर्ती

दाङमा महिला जेसीज वर्ष २०२२ का लागि अध्यक्षमा निर्वाचित शारदा शर्माले पदभार ग्रहण गरेकी छिन् । जेसीजको एक व्यक्ति एक कार्यकालअन्तर्गत २०२२ का लागि अध्यक्षमा निर्वाचित घर्तीलाई २०२१ का अध्यक्ष ममता विष्ट डाँगीले पद हस्तान्तरण गरेकी हुन् । त्यसैगरी महिला जेसीजको कार्यकारिणी उपाध्यक्ष सुनिता थापा र बसन्ती सुवेदी, उपाध्यक्षमा सरस्वती चौधरी, रोजिना गिरी, मिना भण्डारी र लक्ष्मी चौधरी घमाल र सहसचिव संगीता रोकायमा चयन भएका छन् ।

जेसीजको विधान अनुसार अध्यक्षले महासचिवमा नारायणी भण्डारी, कोषाध्यक्षमा सिन्धु रिजाल, कानुनी सल्लाहकारमा अनिता ढकाल, अध्यक्ष सल्लाहकारमा नमा शर्मा, जनसम्पर्क अधिकारीमा जुनकुमारी बुढामगर, जेसीज प्रवक्तामा संगीता गिरी, शाखा सम्पादकमा अर्चना शर्मा, प्रकरण निर्देशकमा नोमिका चौधरी, तालिम संयोजकमा दिलु मल्ल, कोषवृद्धि सभापतिमा बसन्ता भण्डारी, सदस्यवृद्धि सभापतिमा पुजन पौडेल, एनजिओ÷आईएनजिओ संयोजकमा निमा सुनार र स्वास्थ्य संयोजकमा सुनिताकुमारी सिंह छन् ।

निर्वाचित पदाधिकारीहरुलाई कानुनी सल्लाहकार जीवा भुसालले सपथ ग्रहण गराएकी थिइन् । कार्यक्रम संयोजक मिना भण्डारी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ महिला जेसीज वर्ष २०२१ का महासचिव सुनिता थापाले गरेकी थिइन् । कार्यक्रममा महिला जेसीजलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*