Home / खेलकुद / खुमबहादुर खड्का टेबलटेनिस प्रतियोगिता हुँदै

खुमबहादुर खड्का टेबलटेनिस प्रतियोगिता हुँदै

दाङ,१३ पुस । दाङको तुलसीपुरमा सञ्चालन हुन थालेको स्व खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेवल टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । युथस अफ तुलसीपुरले मंगलवार पत्रकार सममेलनको आयोजना गरि नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिका अवसरमा यहि पुस १६ गतेदेखि १८ सम्म प्रतियोगिता हुन लागेको हो ।

गतवर्ष चैत महिनामा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण रोकिएको थियो । स्व. खड्काले दाङमा गरेको योगदानको उच्च सम्मान र कदर गर्दै गुमनाम खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको युथस अफ तुलसीपुरका सल्लाहाकार अरुण लहरेले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त प्रतियोगितामा बिजेताले ५ लाख ४३ हजार रुपैया जित्ने छन् । प्रतियोगिता नेपालमै सबैभन्दा ठुलो रासीको भएको समेत बताए । प्रतियोगितामा २५ जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ भने ३ वटा विभागीय टोली हुनेछन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई खान÷बस्नको व्यवस्था गरिएको छ । खेलको उद्धघाटन लुम्बिनी प्रदेशका बनमन्त्री सुरेन्द्र हमालले गर्ने भएका छन । युथस अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

३ दिनसम्म चल्ने खेललाई सफल बनाउन १७ लाख बढी लागत लाग्ने अनुमान गरिएको छ । युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*