Home / Feature Breaking news / प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन

प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन

दाङ,११ पुस । लुम्विनी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोे प्रतियोगितामा दाङ आईटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ । प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ४ काश्य गरि २० पदक जित्दै प्रतियोगितामा दाङको टिम च्याम्पियन बनेको हो । च्याम्पियन बनेको दाङले मेडलसँगै प्रथम ट्रफि जित्न सफल बनेको छ ।

त्यसैगरी ९ स्वर्ण, ५ रजत र ६ काश्य गरी २० पदक जित्दै प्रतियोगिता बाँके आईटिएफ तेक्वान्दोको टिम दोश्रो बनेको थियो । प्रतियोगितामा दोश्रो बनेको बाँकेले मेडल, द्धितिय ट्रफि आफ्नो कव्जामा पार्न सफल भयो । २ स्वर्ण, २ रजत र ६ काश्य गरि १० पदक जित्दै गुल्मी जिल्ला आईटिएफको टिम तेश्रो स्थानमा चित्त बुझाएको थियो । तेस्रो बनेको गुल्मीको टिमले मेडलसहित तृतीय ट्रफि जित्यो ।

प्रतियोगितामा बर्दियाको टिमले १ स्वर्ण, ५ रजत र ७ काश्य गरि १३ पदक, प्युठानको टिमले १ स्वर्ण, ३ रजत र ७ काश्य गरी ११ पदक, अर्घाखाँचीको टिमले ३ रजत र १० काश्य गरी १३ र कपिलवस्तुले ३ रजत र १० काश्य गरि १२ जित्न सफल भएका थिए । दुई दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दाङकी आयुष्मा गिरी र पुरुषतर्फ बाँकेका सोनु केवत उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । उत्कृष्ट बनेका खेलाडीलाई नगदसहित ट्रफि, र सम्मानपत्र प्रदान गरिएको थियो ।

आयुष्मा गिरी ११ औं राष्ट्रिय जुनियर प्रतियोगितामा स्वर्णसमेत जितेकी थिइन । उक्त प्रतियोगितामा दाङलाई आयुष्मा गिरी, बिजय बुढामगर, सन्तोष बुढामगर, पवन वली, अनिसा घिमिरे,सरिता नेपाली, अर्जुन नेपाली, सुरज बुढामगर, सञ्चीता पुन, संगीता खत्री, दिपिका गिरी र सृष्टि योगीले स्वर्ण पदक जिताउन सफल भएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रदेश विकास पूर्वाधार प्राधिकरणका प्रमुख अनन्तराज घिमिरे, घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य होम सुनार, दाङ आईटिएफ तेक्वान्दो संघका सल्लाहकार तथा चौघेरा आईटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष मिनराज घिमिरे,दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष आकाश विश्वकर्मा, सचिव मधु पन्त,कोषाध्यक्ष झक्मा विष्ट बस्नेत,सल्लाकार केशव गिरीलगायतका बक्ताहरुले मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिता घोराही उपमहानगरपालिका–१४कवर्ड हलमा भएको थियो । पुसको ९ गतेदेखि ११ गतेसम्म हुने भनिएको प्रतियोगिता १० गते रातीसम्म सञ्चालन गरेर समापन गरिएको थियो । प्रतियोगितामा प्रदेशका २ सय ८० बढी खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितालाई सफल बनाउनका लागि सहयोग गर्ने घोराही उपमहानगरपालिका, घोराही उपमहानगरपालिका वडा नं. १५, वडा नं. १७, घोराही वडा नं. १३ वडा कार्यालय, अमेरिकाको टेक्सास राज्यको मार्वल फाउस बस्ने नवराज भण्डारी, युधिशिष्ठर रिजाल, मानवबहादुर कुसारी, बिजयबहादुर खत्री, तीर्थ भण्डारी, निर्मल अधिकारी,रोहितविक्रम कुसारी, निमबहादुर भारती, विर्खबहादुर खत्री, नारायण पोख्रेल, प्रदीप खनाल, दाङ निवासी ऋषि पोख्रेल, लिला चौधरी, स्वर्गद्धारी कन्सल्टेन्सी खनाल,गुरुकुल एकेडेमी,पाण्डवेश्वरी टे«डस, स्वर्गद्धारी चाउमिन उद्योग,सुनचादी व्यवसायी समिति घोराही, समिर पाण्डेय, हरिकला बाठामगर, अनिल घर्तिमगर,गिरबहादुर केसी, रमेश केसी, आकाश केसी, हरिप्रसाद गिरी,हेमराज डाँगी, दाङ जिल्ला उद्योग बाणिज्य संघ, खेम गहतराज,सोम गोतामे,राम थापा,गिरिराज घिमिरे,ऋषिराज अधिकारी, हरी वली, भीमबहादुर थापा,दीपक डाँगी र टेन्ट सहयोग गर्ने लाल्ताप्रसाद गुप्तालगायतलाई आयोजक दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले धन्यावाद ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*