Home / Feature Breaking news / रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

काठमाडौं,२५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् ।

संस्थापन इतर समूहमा साझा उम्मेवार छनोट हुन नसकेपछि उनले उम्मेदवारी नदिने भएका हुन । पौडेलले सुरुमा आफ्नै नाममा सहमतिका लागि प्रयास गरेपनि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछी पौडेल पछि हटेका उनका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*