Home / Feature Breaking news / १४औं महाधिवेशन र युवा पुस्ताको जोश

१४औं महाधिवेशन र युवा पुस्ताको जोश

सुभाष न्यौपाने
हिजोको वीपीको बिजुली कांग्रेस
आज लाल्टिन भएको छ ।
गणेश, किसुनको त्यागले सिंचित कांग्रेस
फोहर बाल्टिन बनेको छ ।
नेतृत्व अनुहार हेर्दा नराम्रो कोही छैन ।
सधैँ मुलुक र जनताको लागि काम गर्छु भन्छ

मुलुक अहिले महाधिवेशनमय बनेको छ । भर्खरै नेकपा एमालेले पर्यटकीय स्थल चितवनको सौराहामा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउँदै दसैँ महाधिवेशन सम्पन्न गरेको छ भने राप्रपा नेपालले पनि विगतको कमल थापाको एकाधिकार सहितको वर्चस्व तोडेर युवा नेता तथा माननीय राजेन्द्र लिङ्देलको नेतृत्वमा एकता महाधिवेशन सम्पन्न गरेको छ । यसले गति कति लिने हो ? त्यो त उनीहरुलाई नै थाहा होला तर चर्चा र वाह वाह ! लिङ्देलले पाएका छन् ।

माओवादी केन्द्र पनि पुनः प्रचण्डलाई अध्यक्ष बनाउने गरी महाधिवेशन तयारीमा जुटिसकेको छ । यी त मुलुकभित्र घट्ने राजनैतिक दलका घटना र गतिविधिहरु हुन् । यसै सन्दर्भमा मुलुकको भविष्य र अस्तित्व बोकेको मुलुकको सबैभन्दा पुराना र लोकतान्त्रिक पद्धति अंगीकार गरेको पार्टी नेपाली कांग्रेस आफ्नो चौधौँ महाधिवेशनमार्फत् नेतृत्व चयनको अग्निपरीक्षामा प्रवेश गरिसकेको छ । नेपाली कांग्रेसका लाखौँ कार्यकर्ता त चलायमान भएका छन् छन् यसमा सबै मुलुकबासी उत्सुकताका साथ नेपाली कांग्रेसको महाधिवेशन गतिविधि हेरिरहेका छन्, नियालिरहेका छन् ।

नेपाली कांग्रेसका सबै राजनैतिक, आर्थिक तथा सामाजिक गतिविधिहरुलाई जनताले चासोका साथ नियाल्नु भनेको नेपाली कांग्रेसको लागि सुखद पक्ष हुनुपर्ने हो । तर कांग्रेसको त्यस्तो रबैया देखिँदैन । नेपाली कांग्रेसको हरेक महाधिवेशनलाई जनताले राम्रोसँग अध्ययन गरिरहेका छन् तर कांग्रेस आफ्ना कार्यक्रममार्फत् अनुमोदन गरिएका विषयहरु न त प्रतिपक्षमा रहँदा उठाउँछ न त सरकारमा जाँदामा नेतृत्व गर्दा कार्यान्वयनको चाहना जगाउँछ । यसरी कहाँ जनताको प्यारो बन्न पाइन्छ ? जनताको प्यारो तथा जनताको पार्टी बन्नलाई त जनतालाई जनार्दन मानेर कार्यान्वयन र सम्बोधन गर्नुपर्छ ।

होइन भने त जनता भोट माग्दा मात्र जनार्दन ? यस्तै हो भने त जनार्दनले अब लात हान्न सक्छन् है । संसद विघटन र पुनःस्थापन सर्वोच्च जुहारी चलिरहेकै बेला दोस्रो पटक संसद विघटन पश्चातको मुद्दामा सर्वोचच अदालतको संवैधानिक इजलासले परमादेश गरेपश्चात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपश्चात शेरबहादुर देउवा मुलुकको पाँचौँ पटक प्रधानमन्त्री बन्न पुगेका छन् । यसपटक अर्थात् पाँचौँ पटक प्रधानमन्त्री बनेपछि शेरबहादुर देउवा जति आलोचित हुँदै गए उति–उति पार्टीभित्र झन–झन बलिया बन्दै गइरहेको जस्तो देखिन्छ ।

आलोचना सर्वत्र भइरहँदा पनि पार्टीभित्र बलियो नेताको रुपमा परिचित हुँदै गइरहनु भनेको पार्टीभित्रका प्रतिपक्षी र सरकारमा सहभागी गठबन्धन दल र प्रतिपक्षीलगायत सबै एउटै ड्याङका मुलाजस्तो देखिए । सरकार गठनसँगै मन्त्रिपरिषद् विस्तार र पूर्णता दिने नाममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मुछेर विवादमा ल्याइदिए । चोलेन्द्र प्रकरणको नाममा सर्वोचच अदालतमा महिनौँसम्म हड्ताल र अवज्ञाको मेला लगाइदिए ।

एमसिसी पास गर्ने भनेर ढोङ फिजाइदिए तै पनि नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा पार्टीभित्र सबैभन्दा बलिया उम्मेद्वारका रुपमा देखिइरहेका छन् । चौधौँ महाधिवेशनको लागि शेरबहादुर देउवाले आफूलाई सभापतिको उम्मेद्वार भनिसके भने पौडेल, कोइराला पक्ष अझै अन्तरसम्वाद, अन्तरकलह, अन्तरविरोध हुँदा अन्धाधुन्दमै रहेको छ । यो घटनाले त शेरबहादुर रद्दी भन्नेहरु नै आफै रद्दी बनिरहेका छन् । एउटा खेमा अर्थात् संस्थापन समूहमा शेरबहादुर देउवा एकल नेता बनिरहेका छन् भने अर्को समूह या आजसम्म टिमलिडर बनिरहेका नेता रामचन्द्र पौडेल सजिलरी स्वीकार्य अवश्य रहेनन् । बरु वीपी र गणेशमानको विरासतको नाममा शेखर र प्रकाशमान सिंह लडामती गरिरहेका छन् ।

उता सभापतिसमेत रहेका नेता शेरबहादुर देउवा आफू एक्लै सभापतिको उम्मेद्वार बनेका छन् भने बाँकी पदाधिकारी अर्को पक्षको टिमको आधारमा तयार पार्ने तयारीमा छन् रे । रामचन्द्र पौडेल र सशांकले त भनिरहेका छन् – शेखर र प्रकाशले सहमति गरेर आउ । होइन सहमति गर्न सक्तैनौ भने म उम्मेद्वार बन्छु भन्ने रामचन्द्रले भनिसकेका छन् । यदि आफू सहमति गर्न सक्तैनौा र मलाई पनि स्वीकार्दैनौा भने मैले राजनीति छोडिदिन्छु ।

महाधिवेशनमा पनि उपस्थिति हुँदैन जे गर्ने हो गर्ने भन्नेसम्म जवाफ दिइसकेका छन् तर विरासतवालाहरु आफू नमान्ने न मनाउन सक्ने गरी समय खेर गरिरहेका छन् । पहिलेदेखि नै आफ्नो विषयमा छलफल गर्नेभन्दा शिक्षक, कर्मचारी कसलाई नेता बनाउने भन्नेमा उद्धत हुन्छन् । कसलाई ल्यायो भने मलाई भोट दिन्छ भन्ने मात्र सोच राख्दछन् । कुनै नेताले महाधिवेशनमा नेतृत्वको लागि आफ्नो लिखित एजेण्डा तथा दस्ताबेज पेश गरेका छन् ।

महाधिवेशन भनेको त दस्ताबेज पारित गर्ने लडाइँ हो । जसको अध्ययन गरेर मतदाताले आफ्नो मत प्रयोग गर्ने उम्मेद्वार भेटून् । पहिलो त हरेक दलका हरेक अधिवेशनहरु अर्थ मेलाको रुपमा चित्रित भइरहेका छन् । हरेक दलका नेतृत्वपंक्तिका नेताहरुले आफ्नो अनुसारको काम भएर आफ्नो उद्देश्य अनुसारको निर्णय आउने अवस्था या सम्भावना देखे भने मात्र कार्यक्रमलाई निश्चित निर्धारित तालिकासम्म पु¥याउने काम गर्छन् या तेस्रो अवस्था नदेखेमा कार्यक्रम अवधि नै छोट्याउने गरेको समेत देखिएकै छ ।

कोइराला र सिंहको विरासतको नाममा अंश खानेहरु लडिरहेका छन् भने शेरबहादुर, कोइरालाहरुसँग प्रतिस्पर्धा गरेर आएका व्यक्ति हुन् । नेपाली कांग्रेस फुटाएर जोडेपछि शेरबहादुर देउवा पार्टीका गुटगत राजनीतिमा बढी क्रियाशील हुँदै तेह्रौ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उछिनेर पार्टी सभापति बनेका हुन् । उनको प्रशिद्धिमा अरु नेताहरुको पनि हात भए पनि उनले आफूलाई आफै स्थापित गरेका हुन् ।

यति हुँदाहुँदै पनि शेरबहादुरले पार्टी सक्छन् भन्नेहरु आफू मिलेर निर्वाचनमा जाने वातावरण बनाउँदैनन् । आ–आफू एक्लाएक्लै शेरबहादुर जान्छन् भने त नेपाली कांग्रेस र नेपाली जनताको लागि शेरबहादुरभन्दा अंश खानेहरु नै गलत हुन् । होइन भने शेरबहादुर विरुद्धमा एक हुन किन नसक्ने ? कार्यकर्ता माझ मुलुक र मुलुकको राजनेतिक अवस्थाको बारेमा वास्तविक जानकारी किन नगराउने ? सधैँ कार्यकर्तालाइृ भुलभुलैयामा राखेर राजनीति गर्ने ? यस्तै हो भने लिगेसी फर्कंदैन । विशेष गरी कोइराला बन्धुहरुलाई सिंहपुत्र पनि यस्तै हो भने अब डमरुबाट छाउरो बन्न बेर छैन ।

प्रकाशमानजी ! गणेशमानजीको र किसुनजीको राजनीतिमा त्यागैत्यागले भरिएको इतिहास छ । त्याग व्यक्तिले गर्ने होइन । इतिहासमा घटनाले कहाँनेर कोसँग त्यागको अपेक्षा गर्दा त्यो त्यागी व्यक्ति इहिासमा स्वर्णिम बन्नुपर्छ बनाउनु पर्छ तर विडम्बना हाम्रो राजनीतिमा त्याग गर्नेहरु त्यागी नभएर पाजी भनिन्छन् र पो ! मुख्य प्रतिस्पर्धासँग लड्न नसक्ने समूहमा त्यागका कुरा गर्नेहरुको पनि केही काम छैन । खास प्रतिस्पर्धा गर्ने ठाउँमा मत नआउने र आफ्नो समूहभित्र मात्र त्यागको ठूलो धाक पनि नगरे हुन्छ ।

शेरबहादुरबाट पार्टी चल्दैन भन्नेहरुले पार्टी जोगाउने र चलाउने विषयमा किन अल्मलिए ? किन साझा उम्मेद्वार दिन हिच्किचाए ? के सत्ताइतर कांग्रेसमा प्रकाश र शेखर मात्र छन् ? उनीहरु मात्र सबै हुन् ? उनीहरुलाई संगठन र मुलुकको चिन्तन रहेनछ भन्ने बुझिन्छ । यदि यही रबैया पार्टी फेरि–फेरि पनि दोहोरिने हो भने । पहिलो त आजको नेतृत्व पुस्ताले अहिलेसम्म त्याग कसैले गरेका छैनन् । हिजोको त्यागको इतिहास भँजाएका मात्र हुन् । अहिलेसम्ममा यिनीहरुमा कहीँकतै त्यागको प्रतिबिम्ब छैन ।

नेपाली कांग्रेस गुडाउने पाङ्ग्राको रुपमा रहेका यी युवाहरु समय र अवस्थालाई चिन्न किन नसकेका होलान् ? यिनले कसैलाई सराप्दैमा र गाली गर्दैमा कार्यकर्ताले यिनका कुरा पत्याइहाल्ने अवस्था पनि छैन । यिनको त्याग र समर्पणको रोदन अब केही काम छैन । हुनसक्छ यिनका बाबुबाजे होलान्, हाम्रो कांग्रेस उनलाई पत्याएर, विश्वास गरेर भएका हुन्, यिनको रोदनले होइन । न त शेरबहादुर न त रामचन्द्र, जसले यो मुलुकमा जहानिया शासनको समाप्तिको लागि संघर्ष गरे, ती जननायकहरुको रगत र पसिनाले उब्जाएको यो मुलुकको प्रजातन्त्र हो । आफ्नै कारणले हो यिनीहरुसबै आज रुनुपरेको ।

यस्तै अर्का नेता निधि पुत्र बिमलेन्द्र जो शेरबहादुरसँग एक्लै रोइरहेका छन् । जसको अहिले शेरबहादुरसँग बोली बाराबार र पानी बाराबारको अवस्था छ । हिजो छित्रिसकेका दोस्रो पुस्ताले आज कसरी विश्वास आर्जन गर्छन् ? हिजो आ–आफूमा बोली बन्द गरेर एक–एकवटा टाउकोका पछि लागे, आज रुनु परेको छ । हिजो मिल्न जानेको भए आज शेखर, सशांक, प्रकाश, बिमलेन्द्र कोही पनि रुनुपर्ने थिएन । आज कांग्रेसको सबै बागडोर यिनकै हातमा हुने थियो ।

अझै पनि दुईचारजनाले सभापति फलानो भनेर अरु बाँकी तीन जना एक–एकवटा ठाउँमा बसेर उम्मेद्वारी दर्ता गरे त यन्द्रको बाउ चन्द्र आए पनि तिमीहरुलाई अपदस्थ गर्न सक्दैन, देशको लागि त्याग भनेको त्यो हो । आफूले गर्न नसक्नेले अरुलाई आरोप लगाउनु हुँदैन । अर्का सिखण्डी रुप धारण गरेका नेता कृष्ण सिटौला, उनलाई संगठन र राष्ट्रको कुनै स्वाद छैन । उनी कुनै टिम समूहका पनि होइनन् । उनले कताबाट कति मुनाफा पाउँछन् त्यसमा मात्र उनको ध्यान केन्द्ति रहन्छ । उनलाई बेला–बेलामा अइँचो–पैँचो दिएर अड्को, पड्को धान्ने काम शेरबहादुरले नै गर्दै आएको हुँदा यसपटकलाई पनि उनलाई शेरबहादुरकै मतको रुपमा गन्ती गरौा कि !

यस पंक्तिकारलाई कांग्रेसको राजनीतिमा संस्थापन इतर समूह भन्नेबित्तिकै दाङको संस्थापन इतर समूहको झझल्को आउँछ । यहाँ पनि त्यस्तै छ । नेता केन्द्रका जत्तिकै छन् तर उनीहरुमा एकआपसमा विश्वा र इमानदारीको खडेरी छ । उम्मेद्वार छनोटको शैली पनि उस्तै ठ्याक्कै केन्द्रको इतर जस्तै देखियो । त्यसै समान तौल र मूल्य मान्यताका नेताको समूहमा निर्णय अलि असहज बन्दोरहेछ । तर पनि उनीहरुले जनताले हामीलाई कसरी हेरिरहेका छन् ? पर्खिरहेका छन् ? भन्ने न त हेक्का न त चासो नै छ ।

जब संकट पर्छ तब मात्र कांग्रेसले जनता गुहार्छ । यसरी जनताको मया पाइराखेका पार्टीले कसरी जनतालाई सम्बोधन गर्न भुल्छ अनि जनताले कांग्रेसलाई कतिसम्म अँगालोमा हालेर राख्ने ? जनताले कांग्रेसलाई सधैँ सजग गराएको छ । सधैँ चेतावनी दिएको छ तर कांग्रेसले आफूलाई सच्याउने बाटोतर्फ हिडाउनै खोजेको देखिँदैन । नेताको रबैया र गतिविधिले गर्दा नेपाली जनताले नेपाली कांग्रेसको साथ छोड्ने अवस्था नआओस् ।

कांग्रेसको नेतृत्व फेरि जनतासामू गएर रुनु नपरोस् । कांग्रेसका नेताहरु तिमीहरु नेता बन तर जनताको सेवक बन । त्यो मानेमा जनताले कांग्रेसलाई साथ र समर्थन दिएका हहुन् । यदि तिमीहरु जनताका मालिक मात्र बन्ने हौँ भने तिमीहरुलाई जनताको साथ चाहिएन, जनताको मत चाहिएन ? जनता भन्छन् पुरानो लोकतान्त्रिक पार्टी, जनताको सम्बोधन कांग्रेसले गर्छ तर कांग्रेस त कमाउ आउमा व्यस्त छ । जनताको हितका निम्ति भने उनीहरु अहिले पनि सजग भएको देखिएको पाइएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*