Home / Feature Breaking news / राप्तीमा जलवायुमैत्री कृषि प्रविधि तालिम

राप्तीमा जलवायुमैत्री कृषि प्रविधि तालिम

देउखुरी, १५ मंसिर । दाङको राप्ती गाउँपालिका–२ र ९ नम्वरका किसानलाई जलवायुमैत्री कृषि प्रविधि तालिम दिइएको छ । सन् २०१७ देखि राप्ती गाउँपालिका दाङलाई कार्यक्षेत्र बनाउँदै कार्यक्रम सञ्चालन गर्दै आएको नाम्सालिङ सामुदायिक विकास केन्द्रले सो सम्बन्धी तालिम सञ्चालन दिएको हो ।

गाउँपालिकासँगको समन्वय तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा नाम्सालिङ सामुदायिक विकास केन्द्रले ‘एकीकृत सामुदायिक विकास परियोजना’ अन्तर्गत राप्ती गाउँपालिकाको वडा नं २ अन्तरगत बाउनीपाटा र वडा नं ९ को जाकिनेगाउँमा जलवायुमैत्री कृषि प्रविधि तालिम सञ्चालन गरेको होे ।

नाम्सालिङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत सशांक आचार्य तथा कृषि प्राविधिक धनकुमारी चौधरीले सहजीकरण गर्नुभएको तालिममा दुई चरणमा ५० जनालाई सहभागी बनाइएको थियो । तालिममा जलवायु परिवर्तन र बढ्दो जलवायुका कारण उत्पन्न विपद्हरुको सेरोफेरोमा कृषिलाई कसरी अनुकूलित गर्दै कृषि उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सिकाइ आदान प्रदान गरिएको थियो ।

जलवायुमैत्री कृषि भन्नाले जलवायु परिवर्तन गर्न निर्णायक भूमिका खेल्ने कृषिका क्रियाकलापहरुबाटै निस्कने हरितगृह ग्याँसहरुको उत्सर्जनलाई केही हदसम्म कम गरिन्छ र जलवायु परिवर्तनका असरहरूबाट कृषिलाई बचाउनुका साथै कृषि उत्पादनलाई दिगो रुपमा बढाउन पहल गरिने कृषि अधिकृत सशांक आचार्यले बताएका छन् ।

जलवायुमैत्री कृषि प्रणालीले पुराना वातावरण मैत्री कृषि क्रियाकलापहरुदेखि नयाँ विकसित कृषि प्रविधिहरुलाई एकीकृत गरी सम्पूर्ण कृषि प्रणालीलाई नै वातावरणमैत्री दिगो तथा जलवायु अनुकूल बनाउने बारे तालिममा प्रशिक्षण गरिएको छ ।

राप्ती क्षेत्रमा अपनाउन सकिने केही जलवायुमैत्री कृषि प्रविधिहरुमा सघन धान खेती प्रविधि (एसआरआई), एकीकृत शत्रुजीव व्यस्थापन (आईपिएम), एकीकृत मल खाद्य व्यवस्थापन, संरक्षण तथा शून्य खनजोत कृषि प्रविधि, बालीचक्र प्रणाली, मिश्रितबाली÷अन्तरबाली कृषि प्रणाली, थोपा सिँचाइ प्रविधि, आकाशे पानीको संकलन प्रविधि, सौर्य ऊर्जाबाट पानी तान्ने प्रविधि, बायोग्याँस, सामुदायिक बीउ बैंक, कृषि बिमा, धान खेतमा माछापालन, धान खेतमा हाँसपालन, कृषि वन प्रणाली, बायो चार, मौसममा आधारित कृषि सुझाव प्रणाली रहेको बारे जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*