Home / Feature Breaking news / कांग्रेस महाधिवेशन : दाङमा क–कस्ले जिते निर्वाचन ?

कांग्रेस महाधिवेशन : दाङमा क–कस्ले जिते निर्वाचन ?

दाङ, ९ मंसिर । नेपाली कांग्रेसको चौधौ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया बुधवार सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार निर्वाचन क्षेत्र नं. १ मा भेषराज पाण्डे, क्षेत्र नं. २ मा भीमप्रकाश खड्का र क्षेत्र नंवर ३ जगतबहादुर खड्का विजयी भएका छन् ।

तीनवटै निर्वाचन क्षेत्रमा दुई प्यानल बनाएर निर्वाचन भएको थियो । निर्वाचन समितिले दिएको जानकारी अनुसार नेपाली कांग्रेसको १४औं महाधिबेशनअन्तर्गत दाङ क्षेत्र नं. १ को संघीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । यहाँ संस्थापन पक्षधर पाण्डेको प्यानल नै निर्वाचित भएको छ । निर्वाचित पाण्डेले ४ सय २२ मत प्राप्त गर्दा संस्थापनइतरका सर्बजित डिसीले २ सय ५७ मत मात्रै प्राप्त गरे ।

पाण्डेले डिसीभन्दा १ सय ६५ मत बढी प्राप्त गरेका छन् । अघिल्लो अधिबेशनमा पनि पाण्डेले डिसीलाई क्षेत्रीय सभापतिमा १५ मत अन्तरले पराजित गरेका थिए । यो पाण्डेको डिसीमाथि लगातार दोस्रो जित हो । त्यस्तै सचिव पदमा पाण्डे प्यालनका खेमलाल चौधरीले ४ सय २१ र हरिहर शर्मा ४ सय मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धीहरु कृष्णकुमार चौधरी २३५ र राजेन्द्र खड्काले २ सय ३८ मत प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिब पदमा गोबिन्दकुमार वली ४ सय ६३ र प्रकाश कुमार जिसी ४ सय ८ मत प्राप्त गरी बिजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी मिनराज अधिकारी २४२ र मो. जमिर साहले १ सय ८३ मत प्राप्त गरेका थिए । दाङको निर्वाचन क्षेत्र नं. १ मा कुल ६ सय ९४ मतदातामध्ये ६ सय ८५ जनाले मतदान गरेका थिए । ९ जना मतदानमा अनुपस्थित भएका थिए ।

क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा चयन हुनेहरुमा महिला प्रत्यक्षतर्फ खिमादेवी रिजाल (४१६), गिरिजादेवी न्यौपाने (४१५), धनपतिदेवी यादव (४२३) र बिमला नेपाली (३८१) रहेका छन् । त्यसैगरी खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेहरुमा अनुराग खड्का (४९७), कर्णबहादुर बुढाथोकी (४४२), किरणकिशोर घिमिरे (४२१), कृष्णकिशोर घिमिरे (४००), चन्द्रबहादुर घर्ती (२९५), जानकीलाल बस्नेत (४५२), प्रदीपराज शर्मा (३९४), मधुप्रसाद न्यौपाने (३९५), मोहन गिरी (३७९) र हरि भुसाल (३४०) रहेका छन् ।

खस, आर्य महिलातर्फ खिमाकुमारी अधिकारीले २६५ मत ल्याएर निर्वाचित भएकी छिन् भने खस आर्य पुरुष तर्फ अनुपकुमार थापा ४ सय ४७ मत ल्याएर विजयी भएका छन् । आदिवासी जनजातीतर्फ रेशमबहादुर बुढा ४ सय १२ मत ल्याएर निर्वाचित भए भने मधेसीतर्फ अनुराग यादवले ४ सय २५ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । दलिततर्फ तारा प्रसाद नेपालीले ३ सय ८८ मत ल्याएर निर्वाचित भए । थारु महिलातर्फ यशोदा चौधरीले ४ सय २३ मत र सुशीला चौधरी ३ सय ७६ ल्याएर निर्वाचित भएका छन् । थारु पुरुष बिलोचन चौधरी ३ सय ६४ मत र हिरालाल चौधरी ३ सय ६८ मतले निर्वाचित भएका छन् ।

त्यसैगरी दाङ क्षेत्र नं. २ को संघीय सभापतिमा भीमप्रकाश खड्का बिजयी भएका छन् । संस्थापन पक्षधर खड्काले पं्रतिस्पर्धीलाई १०० मत अन्तरले पराजित गरेका छन् । खड्का सामुदायिक वन क्षेत्रका केन्द्रीय नेता पनि हुन् । खड्काले ३ सय ६६ मत प्राप्त गर्दा संस्थापन इतरका चित्रबहादुर डाँगी (निर्मल)ले २६७ मत प्राप्त गरेका छन् । बुधबार प्राप्त मत परिणामअनुसार सचिव पदमा संस्थापन इतरको निर्मल डाँगी प्यानलका आरके शीतल र खड्का प्यानलका हिमबहादुर डाँगी दुवैले समान ३ सय २१ मत प्राप्त गरि बिजयी भएका छन् । आरके शीतल पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुन् । डाँगी नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।

त्यस्तै सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४ सय २ र रञ्जित श्रेष्ठ ३ सय ३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । पाण्डे घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष हुन् । दाङको निर्वाचन क्षेत्र नं. २ मा कुल ६ सय ५१ मतदातामध्ये ६ सय ४२ मतदान भएको थियो । त्यसैगरी क्षेत्रीय सदस्यहरुमा खुल्लातर्फ जंगबहादुर जिसी (३५१), ताराबहादुर डिसी (४०६), हिमबहादुर रावत (३०१), खुल्ला महिलातर्फ राधा भण्डारी (३३७), प्रदेश २ क खुल्लातर्फ गोपालप्रसाद भुसाल (३७२), मधुसूदन अधिकारी (३९७), प्रदेश क्षेत्र २ ख खुल्लातर्फ झकबहादुर बस्नेत (३६४), धनेश्वर आचार्य (३७४), खस आर्यतर्फ तेजमणि दाहाल निर्मल (४७५), प्रज्ञान रेग्मी, (३९५), महिला खस आर्यतर्फ खुमाकुमारी खड्का (३८०), आदिवासी जनजातितर्फ हरिबहादुर घर्ती (३९५) र थारु क्षेत्रीय सदस्यमा निमबहादुर चौधरीले (३७८) मत ल्याई विजयी भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिहरुमा राजु खनालले ४२० मत, कमलकिशोर घिमिरेले ३३६, दीपक पाण्डेले ३०६, बद्रीबहादुर खड्काले ३७२, बमबहादुर डिसीले २६३, महेशराज श्रेष्ठले ३४८, भोजराज पाण्डे २४३, गोपालराज शर्माले २६५, खगराज पाण्डेले २८५ र हरिनाथ योगीले २३८ मत ल्याएर खुलातर्फ विजयी भएका छन् । त्यसैगरी खुल्ला महिलातर्फबाट महाधिवेशन प्रतिनिधिहरुमा अनिता देवकोटा ४०७, विमला योगी ४२३, पुष्पा श्रेष्ठ २४७ र सुशीला थापा २२७ मत ल्याएर बिजयी बने ।

खस आर्य पुरुषतर्फ कमलबहादुर वलीले २२८ र भूपबहादुर डाँगीले ४५९ मत ल्याएर विजयी भए । खास आर्य महिलातर्फ विना विसीले ३६०, गोमा रावतले ३३७ मतले विजयी भए । दलिततर्फबाट तेजबहादुर विकले २७०, दलित महिलातर्फ लिला नेपालीले ३१०, थारुतर्फ पृथ्वी चौधरीले २७१, थारु महिलातर्फ उषा चौधरीले ३६३, मुश्लिम अपांग अल्पसंख्यकतर्फ मोहन घिमिरेले २४२ मत ल्याई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी बनेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी दाङ क्षेत्र नं. ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । यहाँ संस्थापन इतरका खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेश्रोे जित हो । निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरे । खड्काले सुरेन्द्र खड्काभन्दा १ सय २७ मत बढी प्राप्त गरेका छन् । त्यस्तै एकल उम्मेदवार किरणबहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।

त्यस्तै सचिव पदमा खड्का प्यालनका शोभाखर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धीहरु रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए । त्यस्तै सह–सचिब पदमा भीमकान्त भट्टाईले ४ सय ४८ र डेफुलाल चौधरीले ४ सय ३८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धी भूपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलीले २ सय ६४ मत प्राप्त गरेका थिए ।

दाङको निर्वाचन क्षेत्र नं. ३ मा कुल ८ सय ४७ मतदातामध्ये ८ सय ४४ जनाले मतदान गरेका थिए । ३ जना भने मतदानमा अनुपस्थित भएका थिए । त्यसैगरी क्षेत्रीय सदस्यतर्फ प्रदेश क्षेत्र ३ क अन्तर्गत चिरञ्जीवी ओली ४६३, महेश चौधरी ४३५, प्रदेश क्षेत्र ३ क महिलातर्फ रेश्मी वली ३६४, प्रदेश ३ ख डिलाराम विष्ट ४९९, शुभास डाँगी ५१७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी प्रत्यक्ष सदस्यतर्फ जयलाल वली ४६१, युवराज भण्डारी ४७२, सन्तोषकुमार चौधरी ४९२, दशरथ वली खस आर्यतर्फ ४४६, हरिबहादुर भण्डारी ४२७ मत ल्याएर विजयी भएका छन् ।

खस महिलातर्फ सीता देवकोटा ४०४, दलित पुरुषतर्फ झुपलाल नेपाली ४३१ र अपांग तथा मुस्लिमबाट भीमबहादुर केसीले ४४७, जनजातितर्फ बसन्तकुमार खड्गी ४६८ मत ल्याई विजयी भएका छन् । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा विमल रिजाल ४६८, शंकर डाँगी ४६६ गेहेन्द्र गिरी ४२७, कीर्तिबहादुर खड्का ४०५, गोविन्दबहादुर शाह (शम्भु), ४२८ शंकर गिरी, ४२५ टोपबहादुर केसी, ३९१ केशवराज आचार्य ४४६, युवराज खड्का ३८२, घनश्याम ढकाल ३७९ विजयी भएका छन् ।

त्यसैगरी महिला खुल्लातर्फ कविता कुमारी शर्मा ३८१, देवा डाँगी, ३८१, सुशीला सुवेदी ३६२, शुष्मा लामिछाने (गिरी) ३४७, पुरुष खसआर्यतर्फ कमानसिंह डाँगी ४४१, डा. नहकुल केसी ४०८, कृष्णकुमार गिरी, ३५९ विजयी भएका छन् । महिला खसआर्यतर्फ चित्रा गिरी ४३७ र मिथिला शाह ४०५ मत ल्याई निर्वाचित भएका छन् । आदिवासी जनजाति तर्फबाट टीकाराम घर्ती, ४३६ दलिततर्फ जोगेन्द्रबहादुर सुनार ३९४, दलित महिलातर्फ देवीका नेपाली ४४८, मुस्लिम अल्पसंख्यकतर्फ ऋषिराज लहरे (अरुण) ३९७ मत ल्याई विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*