Home / Feature Breaking news / दाङमा आईटिएफ तेक्वान्दोको प्रदेशस्तरीय प्रतियोगिता हुने

दाङमा आईटिएफ तेक्वान्दोको प्रदेशस्तरीय प्रतियोगिता हुने

दाङ,६ मंसिर । दाङको घोराहीमा आईटिएफ तेक्वान्दोको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । दाङ आईटिएफ तेक्वान्दो संघको आयोजना तथा चौघेरा आईटिएफ तेक्वान्दो डोजाङको सहकार्यमा ‘लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता–२०७८’ हुन थालेको हो ।

आयोजक दाङ आईटिएफ तेक्वान्दो संघले सोमबार घोराहीमा पत्रकार सम्ंमेलनको आयोजना गरि पुस ९ गतेदेखि ११ गतेसम्म हुन थालेको प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रदेशस्तरीय प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका ३ सय ५० जना खेलाडी र ४० जना अफिसियल रेफ्रि,कोचलगायत करीव ४ सय बढीको सहभागीता रहने दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न थालेको भन्दै अध्यक्ष थापाले प्रतियोगितालाई भव्य बनाउनका लागि सवैलाई सहयोगको आग्रह गरेका छन् ।

‘दाङमा आईटिएफ खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमताअभिवृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरेका छौ’,अध्यक्ष थापाले भने,‘प्रतियोगिताले खेलाडीहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्नसँगै स्तरीकरणमा सहयोग गर्नेछ ।’ उनले प्रतियोगिताले जिल्लामा खेलसँगै पर्यटन क्षेत्रको विकासमा समेत सहयोग गर्ने बताए ।  घोराही उपमहानगरपालिका–१७ स्थीत खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ २० केजी तौल समूहदेखि ८० केजीसम्म र महिलातर्फ २० केजी तौल समूहदेखि ७५ केजी तौल समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य समेत रहेका सल्लाहकार केशव गिरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले जिल्लाको खेलक्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमताअभिवृद्धका लागि हुन थालेको प्रतियोगितालाई सफल बनाउन सवैले सहयोग आवश्यक रहेको बताएका थिए । साथै उनीहरुले हरेक नागरिकहरुका लागि स्वास्थ्यसँगै आत्मरक्षका लागि आईटिएफ तेक्वान्दो खेल आवश्यक रहेको भन्दै खेललाई व्यापक बनाउन सुझाव दिएका थिए ।

पत्रकार सम्मेलनमा दाङ आईटिएफ तेक्वान्दो संघका सल्लाहकार शिशिर अधिकारी, दाङ आईटिएफ तेक्वान्दोका सस्थापक अध्यक्ष तथा संरक्षक प्रेम बुढा,सल्लाहकार हरिकला बाठालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चौघेरा आईटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष तथा जिल्ला सल्लाहकार मीनराज घिमिरेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य कमल बिष्टले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*