Home / प्रदेश समाचार / लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा

लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा

दाङ,६ कार्तिक । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दाङको १९ औं साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दाङका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता तथा प्रतिष्ठानका सल्लाहकार गिरिराज सुवेदीको प्रमुख आतिथ्यता एवं प्रतिष्ठान दाङका सस्थापक अध्यक्ष प्रेमप्रकाश मल्लको विशिष्ट आतिथ्यतामा भएको साधारणसभामा बोल्ने बक्ताहरुले आफ्नो लोक तथा दोहोरी गीतको प्रतिष्ठालाई बचाउँदै गीत संगीतको क्षेत्रमा लाग्न कलाकर्मीहरुलाई आग्रह गरेका थिए । साथै उनीहरुले कलाकारिताको नाममा विकृति नल्याउन समेत सवैलाई आग्रह गरेका थिए ।

साधारणसभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दाङका पूर्व अध्यक्ष गजेन्द्र बहकरी, प्रतिष्ठानका सल्लाहकारहरु खड्ग बुढाथोकी, कमला लम्साल भारती, यादवनाथ योगी, बालिका लम्साल, लोक तथा दोहोरी गीत प्रतिष्ठानका लुम्विनी प्रदेश कोषाध्यक्ष प्रेम शर्मा, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, पताञ्जली योग सास्कृतिक समितिका अध्यक्ष हुमबहादुर डिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा बार्षिक प्रतिवेदन सदस्य शिवराज बस्नेत र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाशकुमार अधिकारीले प्रस्तुत गरेका थिए । उपाध्यक्ष काशीराम केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य शिवराज बस्नेतले गरेका थिए ।

साधारणसभामा प्रतिष्ठानकी सल्लाकार कमला लम्साल भारतीले आफ्नो छोराको सम्झनामा अक्ष्यकोष स्थापना गर्ने घोषणा गरेकी छिन । ५१ हजार पाँच रुपैयाको ‘प्रविण भारती स्मृति प्रतिभा पुरस्कार’ का लागि अक्ष्यकोष स्थापना गर्ने घोषणा गरेकी हुन । अक्ष्यकोष स्थापना गर्ने कमला लम्साल भारतीलाई प्रतिष्ठान दाङले धन्यावाद ज्ञापन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*