Home / Feature Breaking news / नचाहँदा नचाहँदै सरकारमा गएका हौं : गृहमन्त्री खाँण

नचाहँदा नचाहँदै सरकारमा गएका हौं : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नचाहँदा नचाहँदै कांग्रेसले सरकारमा गएको दाबी गरेका छन् ।

बहुमत पाएको तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडाका कारण सरकार चलाउन नसकेपछि देशलाई निकास दिन कांग्रेस सरकारमा आएको उनले बताए ।

गृहमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका खाँणले देशलाई निकास दिन वाध्यतावश कांग्रेसले दलहरुसँग गठवन्धन गरेर सरकारको नेतृत्व लिएको बताए । ‘वहुमत पाएको पार्टी र प्रधानमन्त्रीले पार्टी झगडाका कारण चलाउन नसकेपछि नचाहँदा नचाहँदै अरु दलसँग गठवन्धन गरेर सरकारमा गएको हौं, उनले भने ।

गृहमन्त्री खांणले भैरहवा विमानस्थल छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक प्रयास गरिरहेको बताए । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पार्दैछौं,’ उनले अघि भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*