Home / Feature Breaking news / घोराही १७ मा अनुगमन : होटलमा अखाद्य बस्तु, पसल दर्ताविनै सञ्चालन

घोराही १७ मा अनुगमन : होटलमा अखाद्य बस्तु, पसल दर्ताविनै सञ्चालन

दाङ, १५ असोज । घोराही उपमहानगरपालिका–१७ अन्तर्गत विभिन्न स्थानमा सञ्चालन गरिएका होटलहरुमा अखाद्यबस्तु फेला परेको छ । घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अगुुवाईमा विहीवार घोराही उपमहानगरपालिका–१७ अन्तर्गत कर्जाही, उखुबारी गैरागाउँ, पनौरालगायतका स्थानमा सञ्चालन भएका होटल तथा किराना पसलहरुको अनुगमनका क्रममा होटलहरु अखाद्य बस्तु फेला परेको हो । अनुगमनका क्रममा होटलहरुमा भेटिएको अखाद्य बस्तुसँगै घरेलु मदिरा टोलीले जफत गरेको थियो ।

अनुगमनका क्रममा उखुवारी गैरागाउँमा रहेका कालिका द ग्लोवल रेष्टुरेष्ट, रैथाने खाजा घर , जि.एम. फाष्ट फुड एण्ड कर्नर, बिजी होटल एण्ड रेष्टुरेष्टल, रातो घर होटललगायतका होटल तथा किरानाहरुको अनगुमन गरेको थियो । अनुगमनका क्रममा कालिका द ग्लोवल रेष्टुरेष्ट खाजा घर, रैथाने कटेज, जि.एम. फाष्ट फुड एण्ड कर्नर, बिजी होटेल एण्ड रेष्टुरेष्टल, रातो घरलगायतका केही होटलहरु खाजा घरका रुपमा दर्ता भएपनि रेष्टुरेष्ट सञ्चालन गरेको, प्यानमा दर्ता नभएको, वडा कार्यालयमा मात्र दर्ता भएर होटल सञ्चालन गरेको, कारोवार व्यवस्थित नगरेको र घरेलु मदिरा समेत राखेको पाइएकाले थियो । दर्ता प्रक्रिया पुरा नगरेका होटल तथा पसलहरुलाई सम्बन्धित निकायमा दर्तासँगै अनिवार्य कारोवारलाई व्यवस्थित गर्न सचेत गराइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिए ।

शाखा प्रमुख अधिकारीका अनुुगमनका क्रममा अधिकांश पसलहरुमा दर्ता र इजाजतबिनै घरेलु मदिरा बिक्रीसँगै एउटा पसलहरुले ब्राण्डेट रक्सीको बोतलमा घरेलु मदिरा राखेर बिक्री गर्ने गरेको पाइएको थियो । उनका अनुसार कतिपय नाम चलेका होटेल तथा रेष्टुरेष्टहरुले समेत दर्ता प्रक्रिया परा नगरेर सञ्चालन भएको र उपभोक्ताको स्वास्थ्यमा हेलचक्राई गरि म्याद नराखिएको च्याउमिनलगायतका बस्तुहरुा राखेको पाइएकाले जफत गरिएको थियो । त्यसैगरी फोहर व्यवस्थापनमा ध्यान नदिएको, साइन बोर्ड नराखेको, मूल्यसुची नराखेको पाइएकाले सचेत गराइएको छ । दर्ता बिना सञ्चालन भएका पसल तथा होटलहरुलाई तत्काल प्रक्रिया पु¥याएर दर्ता गर्न निर्देशन दिएको शाखा प्रमुख अधिकारीले बताए ।

‘अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ताबिनै सञ्चालन गरेको र केही होटलहरुमा अखाद्य सामग्री समेत भेटिएको छ’, शाखा प्रमुख अधिकारीले भने– ‘त्यस्ता होटलहरुलाई सुधार गर्न निर्देशन दिएका छौँ । पुनः गल्ती भेटिए कानुनअनुसार कारबाही हुनेछ ।’ घोराही उपमहानगरपालिकाभित्र व्यवसाय गर्ने व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउने र उपभोक्ताहरुलाई अखाद्य बस्तु खानबाट बचाउने उद्देश्यले नियमितरुपमा टोलीले अनुगमनलाई अघि बढाएको अधिकारीले बताए । उनका अनुसार पहिलो पटकलाई सम्झाई बुुझाई गरेको र आगामी दिनमा पनि अटेरी गरेको पाइएमा कानुन अनुुसार कारबाही गरिने छ ।

अनुगमनमा प्रमुख अधिकारीको नेतृत्वमा घोराही उपमहानगरपालिका वडा नं. १७ की वडा सदस्य रेमन्ता पुन, दाङ जिल्ला उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, जिल्ला प्रशासन कार्यालयका युवराज रावत, घोराही उपमहानगरपालिका बातावरण तथा सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारी, घोराही उपमहानगरपालिका ओमप्रकाश बस्नेत, प्रहरी जयप्रकाश यादवलगायतको सहभागिता रहेको थियो । व्यवसायीलाई कानुनी दायरामा ल्याउने र उपभोक्तालाई अखाद्य बस्तु खानबाट बचाउने उद्देश्य अनुसार घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले घोराहीका विभिन्न वडामा रहेका होटल तथा अन्य व्यवसायहरुको नियमितरुपमा अनुगमन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*