Home / Feature Breaking news / दाङमा उत्सर्ग संगीत अवार्ड गरिने

दाङमा उत्सर्ग संगीत अवार्ड गरिने

दाङ, ८ असोज । दाङमा उत्सर्ग संगीत अवार्ड–२०७८ हुने भएको छ । उत्सर्ग फिल्म नेपाल, पहल नेपालको आयोजनामा संगीत अवार्ड गर्न थालेको हो । आयोजक संस्थाले बिहीवार घोराहीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

जिल्लामा पहिलोपटक यस प्रकारको आयोजना अवार्डको आयोजना थालिएको कार्यक्रमका निर्देशक केएल बुढाथोकीले बताए । उनका अनुसार ५२ वटा विधाको अवार्ड वितरण गरिने भएको छ । सहभागी हुन चाहनेहरुले कार्तिक २ गतेसम्म आवेदन भरी सक्नुपर्ने बुढाथोकीले बताए । साविक राप्तीकाले यसमा सहभागिता जनाउन पाउने भएका छन् । आवेदन दिनका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ । कार्यक्रममा पुराना कलाकारहरुलाई सम्मान गरिने भएको छ । पहिलोपटक आयोजना गर्न थालिएको कार्यक्रम सफल बनाउन उनले सबैलाई आग्रह समेत गरे ।

पत्रकार सम्मेलन निर्देशक केएल बुढाथोकीको अध्यक्षता तथा संस्कृतिविद डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमको विशिष्ट आतिथ्यमा भएको थियो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकीलगायतले मन्तव्य राखेका थिए । पत्रकार सम्मेलनको सहजीकरण पाण्डव शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*