Home / Feature Breaking news / तुलसीपुर उपमहानगरपालिकाले छोरीलाई साईकल वितरण गर्ने

तुलसीपुर उपमहानगरपालिकाले छोरीलाई साईकल वितरण गर्ने

ओपेन्द्र बस्नेत
तुलसीपुर, ५ असोज । तुलसीपुर उपमहानगरपालिकाले भोली छोरीहरुलाई ५० वटा साईकल वितरण गर्नलागेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गर्न लागेको हो ।

तुलसीपुरको मेट्रो कलेजमा हुने वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लेव आउने कार्यक्रम रहेको तुलसीपुर उपमहागनरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । लेब नेपालमा बस्ने यूएन डिपीका सबै भन्दा उच्च पदस्थ व्यक्ति हुन् ।

पर्यावरणलाई जोगाउनुका साथै साईकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले अघिल्लो बर्षदेखि किशोरीहरुलाई साईकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले अघिल्लो बर्ष महिला दिवसको अवसर पारेर ५३ वटा साईकल वितरण गरेको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्यन गर्ने र घरदेखि स्कुलको दुरी आधाघन्टा बढी भएकालाई सम्बन्धित विद्यालयको सिफारिसमा दिने गरेको छ ।

यसैविच यूएन डिपीका नेपाल प्रतिनिधी लेबले तुलसीपुर मेट्रो हस्पिटल, तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको राप्ती शान्ति उद्यानको पनि अवलोक गर्ने कार्यक्रम रहेको छ । यूएन डिपीको हस्पिटललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*