Home / Feature Breaking news / ५० लाखको बार्गेनिङ गर्ने घोराहीबाट तीन महिला पक्राउ

५० लाखको बार्गेनिङ गर्ने घोराहीबाट तीन महिला पक्राउ

दाङ,३ असोज । दाङमा पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बारर्गेनिङ गर्ने तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।

घोराही उपमहानगरपालिका–१५ निवासी भद्रबहादुर जैसी (नाम परिवर्तन) गरेका एक पुरुष व्यवसायीलाई गएको असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु खाने र साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हात लगाए भन्दै जवरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

दाङ जिल्ला प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ बर्षीय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ बर्षीया खुमा वली र ३२ बर्षीय सुष्मा परियार रहेका छन् । तर उनीहरु त्यहाँबाट निस्किएपछि मुद्धा हाल्नेभन्दा पनि सम्वन्धीत व्यक्तिबाट पैसा असुल्ने गरि ती व्यक्तिलाई फोन गर्दै डर धम्की देखाउन थालेका रहिछन ।

असार ७ गते प्रतिवादी मध्यकी खुमा वलीले पुनः त्यी व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई यो छिटो कुरा मिलाउनु प¥यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको तथ्य फेला परेको प्रहरी पक्राउ काफ्लेले बताए ।

प्रहरी प्रमुख काफ्लेले अभियुक्तहरुलाई नियन्त्रणमा राखेर घट्ना बारेमा थप अनुसन्धान भैरहेको समेत बताएका छन् । ‘आफ्नो इज्जतसँग जोडेर पुरुषलाई डरधम्की देखाउँदै पैसाको बार्गेनिङ हुने गरेको सुनिन्छ,तर त्यस्ता प्रकृतिका मुद्धा प्रहरीसम्म आइपुग्दैनन्’–प्रहरी प्रमुख काफ्लेले भने–‘यो ठुलो रकमसँग जोडिएको घट्ना भएकाले प्रहरीसम्म आइपुगेको हो ।’

घट्ना बारे थप अनुसन्धानका लागि प्रतिवादीहरुलाई अदालतबाट म्यादथप गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । प्रहरीका अनुसार झुटो दोस लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*