Home / Feature Breaking news / ‘चाडपर्वमा उपभोक्ताहरुलाई सहज ढंगले वस्तु उपलव्ध गराउ’

‘चाडपर्वमा उपभोक्ताहरुलाई सहज ढंगले वस्तु उपलव्ध गराउ’

दाङ,२५ भदौ । चाडपर्वको समयमा उपभोक्ताहरुलाई सहज ढंगले वस्तु उपल्बध गराउन जिल्लाका उद्योग वाणिज्य संघहरुले आग्रह गरेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपाल सरकारले ल्याएका विभिन्न व्यावसायी समवन्धी नितीहरुका बारेमा आ आफनो कार्य क्षेत्रभित्र रहेका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुलाई जानकारी दिने निर्णय गरेको छ । बैठक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । बैठकमा जिल्ला भरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*