Home / Feature Breaking news / महिलाहरू आत्मनिर्भर हुनुपर्छ : बन्जाडे

महिलाहरू आत्मनिर्भर हुनुपर्छ : बन्जाडे

महिलाहरू अधिकांश घरभित्रै सीमित हुने गरेको पाइन्छ । बाहिर आएका पनि व्यवसायमा कमै मात्रामा लाग्ने गरेका छन् । व्यवसायमा धेरै समस्या भोग्नुपर्ने भएकाले पनि कमै मात्रामा यस क्षेत्रमा आउने गरेका हुन् । व्यवसाय गर्ने महिलाहरूलाई अझै पनि विश्वास गर्ने वातावरणको सिर्जना समेत हुनसकेको छैन ।

अहिले पनि व्यवसाय तथा उद्यममा लाग्ने तथा लागेका महिलाहरूलाई घरपरिवार तथा समाजले समेत विश्वास नगरेको पाइन्छ । तर पनि विभिन्न समस्या झेल्दै महिलाहरू आफैले केही गर्नु पर्दछ भनेर अगाडि बढिरहेका छन् । यस्तै विभिन्न समस्या झेल्दै घोराही उपमहानगरपालिका वडा नं १५ मा विगत १६ वर्षदेखि शृङ्गारसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएकी आर.बी. ट्रेडर्सका सञ्चालक राधा बञ्जाडे अहिले सफल महिला व्यवसायी बन्न सफल भएकी छन् ।

उनले शृङ्गारका सामग्रीहरू साविक राप्ती अञ्चलका दाङ, रोल्पा, प्यूठान, रुकुम र सल्यान जिल्लामा १८ वटा डिलरका सामग्रीहरू पु¥याउने गदै आएकी छिन् । उनले ६ जना महिला तथा २ जना पुरुषलाई रोजगार दिँदै आएकी छन् । आत्मविश्वास र लगनशीलता भएमा जुनसुकै काममा पनि सफलता प्राप्त गर्न सकिने उनको भनाइ छ । सफल व्यवसायी बन्न सफल राधा बञ्जाडेसँग  अमरराज आचार्यले गरेको कुराकानीको सार संक्षेप ।

 कसरी व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभयो ?

 मेरो सानैदेखिको रुचि नै व्यवसाय क्षेत्र हो । त्यसैले म व्यवसायमा लागेको हु । व्यवसायमा आफू स्वतन्त्र भएर काम गर्न पाइने हुँदा यस क्षेत्र मेरो रोजाइमा परेको हो । अरुको काम गर्नुभन्दा आप्mनै केही इलम गर्नुपर्छ भन्ने सानैदेखि लागेको थिए । त्यसैले व्यवसायी क्षेत्रमा प्रवेश गरेको हुँ । बेरोजगार भएर बस्नुभन्दा केही गर्ने उद्देश्यले यसतर्फ लागेको थिए । विशेष गरी महिलासँग जोडिएकाले पनि यस व्यवसायमा लागेको हुँ र व्यवसाय राम्रै चलेको छ ।

 व्यवसाय गर्दा महिलाहरूले के–कस्ता समस्या भोग्नुपरेको छ ?

 हाम्रो समाज भनेको पितृसत्तात्मक समाज हो । यहाँ महिलाहरूलाई कमजोर दृष्टिकोणले हेर्ने गरिन्छ । अझ व्यवसाय गर्दा धेरै समस्या भोग्नुपर्ने अवस्था छ । जुन मैले पनि भोगेर नै आएकी छु । हाम्रो समाज र संस्कारका कारण अझै पनि धेरै महिलाहरू बाहिर आउन सक्नुभएको छैन । धेरै महिलाहरू बाहिर आउन साहस जुटाउन पनि सक्नुभएको छैन । तर विगतको तुलनामा धेरै सुधार भएको भने छ । तर जुन गतिमा हुनुपर्ने थियो त्यो भने भएको छैन ।

अधिकांश महिलाहरू घरभित्र नै सीमित हुने गर्नुभएको छ । महिलाहरू केही गर्नुपर्छ भनेर अगाडि आउन आवश्यक भने छ । जसले गर्दा आफू आत्मनिर्भर बन्न सकिन्छ । हरेक क्षेत्रमा समस्याहरू रहन्छन् । ती समस्यालाई समाधान गर्दै अगाडि बढ्न आवश्यक छ । महिलाहरूलाई सहज रूपमा विश्वास समेत गर्ने गरिँदैन । घरपरिवार हेर्नुपर्ने भएकाले पनि समस्या हुने गरेको छ । महिलाले गरेको व्यवसाय भनेर सामग्री विक्री गरेको पैसा उठाउने समस्या रहेको छ ।

सुरुका दिनमा व्यवसाय गर्दा मैले पनि धेरै समस्या भोग्नुपरेको थियो । सुरुका दिनमा घरपरिवारबाट समेत व्यवसाय गर्नका लागि सहयोग थिएन । श्रीमान्को सहयोग भए पनि अन्य घरपरिवारका सदस्यबाट भने सहयोग थिएन । त्यही पनि संघर्ष गदै अगाडि बढेँ । अहिले सम्पूर्ण घरपरिवारको साथ र सहयोग छ । सबैको सहयोगले नै म यहाँसम्म आएको हुँ । अहिले व्यवसाय पनि राम्रै चलेको छ । सवै क्षेत्रको सहयोगले नै व्यवसाय राम्रै फस्टेको छ ।

 समाजमा शृङ्गार व्यवसायलाई हेर्ने दृष्ट्रिकोण कस्तो छ ?

 समाजमा शृङ्गार व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनसकेको छैन । शृङ्गार व्यवसाय गर्नेलाई अहिले पनि नकारात्मक नजरले हेरिन्छ । जसले गर्दा यस व्यवसाय गर्ने महिलाहरूलाई शृंगार व्यवसाय गर्दा हिच्किचाहट हुने गरेको अवस्था छ । तर यसलाई परिवर्तन गर्न आवश्यक छ । महिलाहरू आपूm पनि इमान्दार, लगनशील भएर लाग्र्नुपर्छ, यस क्षेत्रमा ।

नियत सफा र धीरताका साथ अगाडि बढेमा समाजले हेर्ने दृष्टिकोण समेत परिवर्तन हुँदै जान्छ । समस्या हरेक क्षेत्रमा आउँछ नि होइन र ? तर समस्यादेखि भागेर समस्या समाधान हुने कुरा होइन । समस्यासँग जुझ्ने आँट राखेर अगाडि बढ्नुपर्छ, अनि मात्र समस्याको समाधान हुन्छ । तसर्थ, पहिलेको जस्तो समाज अब चाहिँ छैन । युगसँगै समाज पनि परिवर्तन भइसकेको छ । शृङ्गार व्यवसाय गर्ने महिला दिदीबहिनीहरु पनि तमाम हुनुहुन्छ । पहिलेको जस्तो अहिले चाहिँ छैन ।

 सफल व्यवसायी बन्न के गर्नु आवश्यक छ ?

 हरेक क्षेत्रमा सफल बन्न आफनो इच्छाशक्ति, लगनशीलता, धीरता हुन आवश्यक छ । हरेक क्षेत्रमा चुनौती आउँछन्, चुनौतीलाई समाधान गर्दै अगाडि बढ्न सक्नु पर्दछ । समस्यामा पनि रमाउन सिक्नु पर्दछ । यस्तै खुड्किलाहरुलाई व्यवसायका सहयात्री बनाउन सक्नुपर्छ । समस्या आयो भने पछाडि हट्नु हुँदैन । जुन मान्छे समस्यादेखि भाग्न खोज्छ त्यो मान्छेले प्रगति गर्न सक्दैन । समस्या भए समधान पनि हुन्छ ।

 कोभिडले व्यवसायमा के कस्तो असर पु¥यायो ?

 लगातारको कोभिडले सबै क्षेत्रमा प्रभाव पारेको अवस्था छ । पहिलो र दोस्रो पटक भएको लकडाउनले व्यवसाय सञ्चालनमा धेरै समस्या भएको छ । व्यवसाय क्षेत्रमा पनि धेरै असर पुगेको छ । शृङ्गार व्यवसाय अति आवश्यक व्यवसाय नभएकाले पनि कोभिडको समयमा बन्द नै भएको थियो ।

 व्यवसाय क्षेत्रलाई अगाडि बढाउन राज्यले के गरिदिन आवश्यक छ ?

 व्यवसाय क्षेत्रलाई अगाडि बढाउन राज्यले व्यवसाय गर्न चाहनेहरूलाई व्यवसाय गर्ने वातावरणको सिर्जना गरिदिनु पर्दछ । जसले गर्दा सहज रूपमा व्यवसाय सञ्चालन गर्न सकिनेछ । वातावरण राम्रो भएन भने व्यवसायमा समस्या हुने गरेको छ । यसैगरेर व्यवासाय गर्नका लागि सहुलियत ऋण प्रदान गरिनुपर्दछ । जसले गर्दा लगानी गर्न समेत सहज पुग्नेछ । तर अहिलेसम्म त्यस्तो खालको वातावरण सिर्जना भएको जस्तो लाग्दैन ।

व्यवसायीहरूलाई आवश्यक पर्ने तालिम, सीप प्रदान गर्नुपर्दछ । तालिम, सीप लिएपछि व्यवसायसम्बन्धी जानकारी हुने भएकाले सहज हुन्छ । यसतर्फ सोच्न जरुरी रहेको छ । राज्यको तर्फबाट त्यस प्रकारको कार्य हुनसकेको छैन । व्यवसायीहरूलाई खाली कर उठाउने दृष्टिले मात्र हेर्ने गरेको छ । यसलाई परिवर्तन गर्न जरुरी छ ।

अन्त्यमा केही भन्नु छ कि ?

 फेरि पनि धन्यवाद छ, मेरा व्यक्तिगतसँगै व्यावसायिक कुरा पस्कने अवसर दिनुभएकोमा तपाईँलाई धेरै–धेरै धन्यावाद दिन चाहन्छु । जुनसुकै स्थानमा काम गर्दा पनि आप्mनो लगनशीलता, मिहिनेत र इमानदारीपन हुन आवश्यक छ । जसले गर्दा सफल बन्न सकिन्छ । महिलाहरू घरभित्र मात्रै सीमित नभई आत्मनिर्भर बन्नका लागि अगाडि बढ्न आवश्यक छ ।

घरभित्र सीमित नभएर आफैले केही गर्नु पर्दछ भन्ने सोचका साथ अगाडि बढ्नु पर्दछ । सबै मिलेर समाजले महिलालाई हर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउन जरुरी रहेको छ । हरेक क्षेत्रमा काम गर्दा चुनौतीहरू आउनसक्छन् तर ती चुनौतीहरूको सामना गर्दै अगाडि बढ्न सक्नु पर्दछ । चुनौतीले नै मानिसलाई सिकाउँछ । व्यवसायमा आउन चाहने महिलाहरूलाई मेरो तर्फबाट हुनसक्ने सहयोग रहने छ । यस क्षेत्रमा आउनुभन्दा पहिले यस क्षेत्रको बारेमा जानकारी लिएर आउन समेत अनुरोध गर्दछु ।

जसले गर्दा काम गर्न समेत सहज हुनेछ । आउनुहोस् सबै जना हातेमालो गर्दै व्यावसायिक यात्रा तय गरौँ । एकले अर्कोलाई सिकाउँदै र सिक्दै व्यवसाय गरौँ । अन्त्यमा महिलाहरुले पनि साथ र सहयोग पाए भने सफल व्यवसायी बन्न सक्नुहुन्छ । त्यसैले कुनै पनि क्षेत्रमा अगाडि सर्ने महिलालाई साथ र सहयोग सबैले गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*