Home / Feature Breaking news / औषधी व्यवसायी संघद्धारा दोषीलाई कारवाहीको माग

औषधी व्यवसायी संघद्धारा दोषीलाई कारवाहीको माग

दाङ,१३ भदौ । नेपाल औषधी व्यवसायी संघ दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि गरिएको अभद्र व्यवहारको विरोध गर्दै दोषीलाई कडाभन्दा कडा कारवार्हीको माग गरेको छ ।

नेपाल औषधी व्यवसायी संघ दाङका जिल्ला अध्यक्ष बिष्णुप्रसाद पौडेल र महासचिव श्यामकुमार गिरीले आइतवार संयुक्त रुपमा प्रेस विज्ञप्ति निकाल्दै स्वास्थ्य सस्थाको प्रमुखमाथि भएको अभद्र व्यवहार अत्यन्तै दुखद र निन्दनिय भएको बताएका छन् ।

विज्ञप्तिमा–‘कोडिभ होस वा स्वास्थ्य सम्वन्धी जस्तो सुकै समस्यामा आफुनो ज्यानलाई समेत जोखिममा राखी अग्रपंक्तिमा रही काम गर्दै आएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि विभिन्न बहानामा हुने सांघातिक आक्रमणले स्वास्थ्यकर्मीको मनोवल गिराउदै आएको छ । यस्ता अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि हदैसम्मको कारवार्हीका लागि माग गर्दछौ ’

साथै विज्ञप्तिमा दोषीलाई कारवार्ही र पीडितलाई न्यायका लागि हुने जुनसकै आन्दोलनका कार्यक्रमहरुमा नेपाल औषधी व्यवसायी संघको साथ र सहयोग रहने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*