Home / समाचार / प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग

प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग

दाङ,२९ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । तरुण नेता तिलक थापाको समन्वयमा गैर आवासीय नेपाली संघ (ऐनआरएनए) जापानले पठाइएको स्वास्थ्य सामग्री शुक्रवार एक कार्यक्रमकाविच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।

उक्त सामग्री नेपाल विद्यार्थी संघ प्युठानका पूर्व सहसचिव रुद्रमणि रेग्मी, नेपाल विद्यार्थी संघ दाङ क्षेत्र नं. ३ का निवर्तमान सभापति तिलक रावत, नेपाल विद्यार्थी संघका जिल्ला सदस्य ऋषि पोख्रेल र घोराही नगर समितिका सभापति निरज पाण्डेले सयुक्त रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेलाई हस्तान्तरण गरेका थिए । कोरोना संक्रमण जोखिम रोकथाममा सहयोग पु¥याउने उद्देश्यले प्रतिष्ठानलाई वाई कनेक्टर र अक्सीमाइजर सहयोग गरेका हुन ।

स्वास्थ्य सामग्री बुझ्दै लामिछानेले सहयोग गर्ने व्यक्ति र सस्थालाई धन्यावाद ज्ञापन गरेका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आगामी दिनमा थप स्वास्थ्य सामग्री उपलव्ध गराउने गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*