Home / खेलकुद / ला लिगा फुटबल आजदेखि

ला लिगा फुटबल आजदेखि

काठमाडौं । स्पेनिस ला लिगा फुटबल आज (शुक्रबार) आजदेखि सुरु हुँदै छ । युरोपको उत्कृष्ट लिगका रूपमा रहेको ला लिगाको पहिलो खेलमा भ्यालेन्सिया र गेटाफेले प्रतिस्पर्धा गर्नेछन् ।

भ्यालेन्सियाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १२ः४५ मा सुरु हुनेछ । लिगको पहिलो दिन एक मात्र खेल हुनेछ ।

सन् २०१८ मा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोड्दा कमजोर बनेको ला लिगालाई अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले लयमा ल्याएका थिए ।

मेस्सीले भर्खरै फ्रेन्च क्लबमा आफ्नो नयाँ यात्रा सुरु गरेका छन् । सोही कारण ला लिगाको ‘क्रेज’मा केही कमी आउने अनुमान गरिएको छ ।

यता, एथ्लेटिको मड्रिडलाई भने केही सहज हुने देखिन्छ । रियल र बार्सिलोनाले एक छत्र राज गरिरहेको अवस्थामा एथ्लेटिकोमा लुइस स्वारेज जाँदा लिगले रोमाञ्चकता लिएको थियो ।

ला लिगामा हाल नयाँ अनुहारले भने मौका पाउने अवस्था देखिन्छ । रियलका भेनिसिउस जुनियर, बार्सिलोनाका अन्सु फाती, बार्सिलोनाकै पेर्डीलगायत खेलाडीले लिगमा केही उत्साह देखाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*