Home / Feature Breaking news / एमालेमा फर्किए भनेकी सांसद बिमला वली फेरी माओवादी केन्द्रमै

एमालेमा फर्किए भनेकी सांसद बिमला वली फेरी माओवादी केन्द्रमै

दाङ, २० साउन । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।

द्ई दिन अगाडि आफू नेकपा (एमाले) मा प्रवेश गरेको विज्ञप्ति जारी गरेकी बिमलाले आफू नेकपा माओवादी केन्द्रमैं रहेको भनेर म्यासेज गरेकी छन्।

माओवादी लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मोबाईलमा म्यासेज गरेर वलीले बुधबार आफू माओवादीमै रहेको बताएकी हुन्।

माओवादी नेता तथा दाङको निर्वाचन क्षेत्र नं.१ ९क० इन्द्रजित चौधरीका अनुसार प्रदेशका पूर्व कानुन मन्त्री ‘सोनाम’ लाई मोबाईलमा म्यासेज गरेर प्रदेश सांसद वलीले आफू एमाले पार्टीमा प्रवेश नगरेको तथा माओवादी केन्द्रमै रहेको बताइन्।

सांसद चौधरीले एमालेकै नेता कार्यकर्ताले सांसद चौधरीलाई ‘बन्धक’ बनाएर राखेको हुनसक्ने आशंका ब्यक्त गरे । ‘बिमलाजीको अवस्था तत्कालै सार्वजनिक गरिनुपर्छ,’ चौधरीले भने, ‘स्रोतका अनुसार मुख्यमन्त्रीकै निर्देशनमा उहाँलाई बुटवलमा बन्धक बनाएर राखेको भन्ने हामीलाई सूचना छ।’

पति उत्तरकुमार वलीको सवारी दूर्घटनामा मृत्यु भएपछि रिक्त रहेको स्थानमा बिमला गत मंसिरमा भएको उपनिर्वाचनका क्रममा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*