Home / Feature Breaking news / ‘सहज छैन महिला उद्यमी बन्न’

‘सहज छैन महिला उद्यमी बन्न’

अमरराज आचार्य

दाङ, १६ साउन । महिलाहरूलाई उद्यमी बन्नको लागि वातावरणल अझै सहज बन्नसकेको छैन । लगानी, पारिवारीक जिम्मेवारी, सहज वातावरण, विषयगत ज्ञान, सामाजिक तथा सांस्कृतिक र अन्य कारणले उद्यमी बन्न सहज नभएको सरोकारवालाको सुझाव छ ।

साना तथा मझौला महिला उद्यमीहरू व्यवसाय सञ्चालन गर्न वा व्यवसायलाई प्रबद्र्धन गर्न आइपरेका चुनौती पत्ता लगाउन गरिएको अध्ययनमा यस्तो पाइएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, जाल्पा सामुदायिक लघुवित्तीय संस्था लिमिटेड तथा गुड रिटन अस्ट्रेलियाको सहकार्यमा गरिएको अध्ययनले यस्तो देखाएको छ । अध्ययनमा ३ सय ९ जनासँग गरिएको थियो । दाङ, रोल्पा, सल्यान र प्यूठान जिल्लामा रहेका महिला उद्यमीहरूको अवस्थाका वारेमा अध्ययन गरिएको हो ।

महिलाहरू उद्यमी बन्दा सामाजिक तथा साँस्कृतिक अवरोध भोग्नु परेको अध्ययनका बारेमा जानकारी दिदै मिमु रघुवंशीले जानकारी दिइन् । महिलाहरूले सामाजिक दण्ड र धार्मिक रूपले पनि विभेद् गर्ने गरेको पाइएको छ । महिलाहरूले सञ्चालन गर्ने उद्यम पनि फरक रहने, महिलाहरूमा व्यवासायिक ज्ञानको कमी, प्रविधिको प्रयोग नगरेको, प्रविधिको प्रयोग गरेर व्यापार व्यवसाय प्रबद्र्धन नगर्ने गरेको पाइएको उनको भनाइ छ ।

यसैगरेर उद्यम सुरुआवत गर्नका लागि पँुजीको समस्या हुने गरेको, दर्ता प्रक्रिया झण्झटीलो हुदा धेरैले दर्ताबिना सञ्चालन गरेको पाइएको अध्ययनमा पाइएको उनले बताइन् । वितीय पहुँचसम्म महिलाहरूको पँहुच नपुग्ने गरेको, कोभिडको कारण साना तथा मझौला प्रभावित भएको, उद्यम विस्तार तथा उत्पादन वृद्धि गर्न कार्य नगरेको अध्ययनले देखाएको छ । यसले महिलाहरूलाई अझै पनि उद्यमी बन्न समस्या भोग्नुपरेको देखिएको उनी बताउँछिन् ।

कार्यक्रममा बोल्दै महिला उद्यमी विष्णु थापाले पछिल्लो समय महिला उद्यमीहरूको सङख्या वृद्धि हुँदै गएको बताइन् । विभिन्न समस्याहरूको समाना गदै महिला उद्यमीहरू अगाडि वढी रहेको उनको भनाइ छ । अहिले महिला उद्यमीहरू उत्पादनमा जोडिएर अगाडि बढिरहेको उनले बताइन् । ‘उद्यमी बन्नका लागि ऋण लिनका लागि धितो नहुँदा महिलाहरूले समस्या भोग्नु परेको छ’ उनले भनिन्‘ पछिल्लो सयम कोभिडको कारणले धेरै उद्योगहरू बन्द भएका छन् ।’ कोभिडको कारण लामो समयसम्म भएको बन्दले धेरै उद्यमीहरूलाई भाडा तिर्न नसक्ने अवस्था रहेको उनले बताइन् । यसले गर्दा पनि उद्यमीहरू पलायन हुने गरेको उनको भनाइ रहेको छ ।

अर्का महिला उद्यमी सुशीला पौडेलले पछिल्लो समय महिलाहरू पनि केही गर्नु पर्दछ भनेर अगाडि बढेको बताइन् । धितो नहँुदा ऋण सहज रूपमा नपाउदा लगानी गर्न समेत समस्या हुने गरेको उनको भनाइ रहेको छ । सरकारले महिला उद्यमीका लागि कार्यक्रम ल्याउन नसकेको उनले बताइन् । ‘महिलाहरूलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउनु पर्ने हो तर त्यस प्रकारको कार्यक्रम छैनन्’ पौडेलले भनिन् । तीनवटै सरकारले यस तर्फ ध्यान दिन आवश्यक रहेको उनी बताउँछिन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जिल्लामा उद्यमी उत्पादनमा संघ लागि परेको बताए । महिला उद्यमी बढाउन संघले छुट्टै समिति निर्माण गरेर अगाडि बढेको बताए । उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहयोग गर्दै आएको उनको भनाइ रहेको छ । ‘जिल्लामा उत्पादन भएका वस्तु निर्यातमा समेत हामीले सहयोग गदै आएका छौँ’ अध्यक्ष बुढाथोकीले भने । व्यवसायीहरूलाई दर्ता प्रक्रियामा समेत संघले सहयोग गर्दै आएको उनले बताए । सरकारले पछिल्लो समयमा दर्तामा समेत छुट दिने गरेको बुढाथोकीले बताउँछन् ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा वेदबहादुर केसीले सरकारले उद्यमीहरूलाई प्रोत्साहन गर्दै आएको बताए । प्रदेश सरकारले कृषकहरूलार्ई उत्पादनमा आधारित अनुदान प्रदान गर्दै आएको बताए । त्यसैगरेर पशुपक्षीहरूलाई निःशुल्क खोपको व्यवस्था गरेको बताए । कार्यक्रममा सहभागीहरू उत्पादन भएका वस्तुको बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताएका थिए । उनीहरूले राज्यले उद्यमीहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने बताएका थिए ।

कार्यक्रम नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै समन्वय समितिका प्रमुख नेपालीले उद्योगमैत्री वातावरण निर्माणमा सबैको ध्यान जानुपर्ने बताए । उनले महिलाहरूलाई उद्यमी बनाउनको लागि राज्यले विशेष योजना ल्याउनुपर्ने सुझाव समेत दिए । केन्द्रका पवन योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आरके शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*