Home / समाचार / लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यलाई स्वागत

लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यलाई स्वागत

लक्ष्मण बस्नेत

दाङ,१५ साउन । जिल्ला खेलकुद बिकास समिति दाङले लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यद्धय भोजराज वली र नरेन्द्र पुनलाई स्वागत तथा सम्मान गरेको छ ।
समितिले भर्खरै दाङ जिल्लाबाट लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यमा मनोनित भई कार्यभार समालेका वली र पुनलाई स्वागत तथा सम्मान गरेको हो । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख तथा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख चौधरीलगायत कर्मचारीले अबिर तथा खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश परिषद सदस्यद्वय वली र पुनले सिंगो प्रदेशसंगै जिल्लामा खेलकुदको बिकासका लागि आफुहरु लागि पर्ने बताएका थिए । जिल्लाकातर्फबाट प्रदेश खेलकुदमा प्रतिनिधित्व गर्ने अवसर पाएका छौ, सिङ्गो प्रदेशसंगै दाङ खेलकुदको बिकासलाई त्यतिकै महत्वका साथ चुरुस्त–दुरुस्त बनाउने अभियानमा आफुहरु जुट्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन तेक्वान्दोका सहायक प्रशिक्षक भिमलाल बिश्वकर्माले गरेका थिए । सोही अवसरमा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्यद्वय वली र पुनलगायतको कर्मचारीको टोलीले जिल्ला खेलकुद विकास समितिको मातहतमा बेलझुण्डीमा निर्मित रंगशाालाको स्थलगत अनुगमन गरेका थिए । त्यस अवसरमा विभिन्न प्रजातिका पूmलका विरुवाहरु समेत रोपिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*