Home / Feature Breaking news / लागुऔषध चरेससहित होटेलबाट दुई जना पक्राउ

लागुऔषध चरेससहित होटेलबाट दुई जना पक्राउ

दाङ, ७ साउन । दाङमा लागुऔषध नियन्त्रणका लागि प्रहरीले संक्रियता बढाएसँगै लागुऔषध कारोवारमा संलग्नहरु पक्राउपर्ने क्रम बढ्दै गएको छ । लागुऔषध कारोवार कारोवार र प्रयोगका दृष्टिले दाङ जोखिम युक्त जिल्लाका रुपमा देखिएपछि प्रहरीले विशेष अभियान चलाएर लागुऔषध नियन्त्रणमा लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले संक्रियता बढाएसँगै जिल्लामा लागुऔषध कारोवारमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको छ । यसैक्रममा प्रहरीले लागुऔषध चरेश कारोवारमा संलग्न रहेको आरोपमा बुधवार २जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरीले धानखोलाबाट करिव दश किलो लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । देउखुरीको गढवा गाउँपालिका–१ धानखोलास्थित हुम्ला रलिङ्ग होटेलबाट ९ किलो ९३० ग्राम चरेसकोसहित उनीहरुलाई पक्राउ प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाग्लुङ निसीखोला गाउँपालिका–१ निवासी २१ बर्षीय सुदिप सिंजालीमगर र बाग्लुङ जिल्ला बरिगाड गाउँपालिका–२ घरभई हाल लमही बजारमा बस्दै आएका ३० बर्र्षीय रेमबहादुर भुजेल रहेका छन् । प्रहरीले धानखोलामा रहेको हुम्ला रलिङग होटेलमा लागुऔषध चरेस कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले कारोवार गरिरहेको अवस्थामा सुदिप सिंजारीमगरलाई र उनकै बयान अनुसार रेमबहादु भुजेललाई लमहीबाट पक्राउ गरिएको प्रहरीले उनले बताए ।

उनले पछिल्लो समय जिल्लामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले संक्रियता बढाएसँगै लागुऔषधको कारोवारमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको समेत बताए । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना लागुऔषध कारोवारी रहेको समेत बताए ।

पक्राउ परेकाहरुमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ खण्ड (घ)को ४ मा भएको व्यवस्था बमोजिम मुद्धा दर्ता गरेर आवश्यक अनुसन्धानलाई अघि बढाएको बताएको छ । प्रहरीका अनुसार उनीहरुलई एक बर्षदेखि ३ बर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयासम्म जरिवाना हुन सक्ने प्रहरी नायव उपरिक्षक एव प्रवक्ता रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*