Home / Feature Breaking news / दाङमा कृषिमा प्रविधिको प्रयोग बढ्दै

दाङमा कृषिमा प्रविधिको प्रयोग बढ्दै

दाङ,१५ असार । समयसँगैं कृषि व्यवसायमा पनि परिवर्तन हुँदै आईरहेको छ । केही बर्षअघिसम्म परम्परागत रुपमा हुँदै आएको कृषि क्षेत्रमा पछिल्लो समय प्रवृद्धिको प्रयोग बढ्दै गएको छ । गोरुले जोत्ने र मानिसहरुले धान रोपेर हुँदै आएको कृषि व्यवसाय पछिल्लो समय खेत जोत्ने, धान रोप्नेदेखि काट्नेसम्म प्रविधिको प्रयोग हुने थालेको छ ।

प्रविधिको प्रयोगले कृषि व्यवसायमा सहजता समेत ल्याईदिएको छ । प्रविधि बिना धान खेती गर्न महिनौ लाग्ने किसानहरुलाई प्रविधिको प्रयोगले एकै दिनमै खेती सक्ने समेत सुविधा ल्याइएको छ । प्रविधिकै प्रयोगका कारण कृषि व्यवसायमा सहजता भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिएका छन् ।
प्रविधिले कृषिमा सहजतासँगै समयमै खेती हुने भएकाले उत्पादनमा समेत वृद्धि ल्याउन सहयोग पु¥याउने उनले बताए । उनले कृषि व्यवसायबाट मानिसहरु पलायन भैरहेको समयमा बढ्दै गएको प्रविधिको प्रयोगले आकर्षित समेत भएको बताए । ‘अहिले समय बदलिएको छ ।

कृषि जमिन घट्दो छ । कृषिमा आश्रितहरु पनि कम हुँदैं गएका छन्’–कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पौडेलले भने–‘कामदार नपाएर खेत बाझो रहने अवस्थामा प्रविधिको प्रयोगले एकै व्यक्तिले पनि धेरै खेती गर्न सक्ने भएको छ ।’ उनले किसानलाई प्रविधिमा लैजाने उद्देश्यले नै कार्यालयले पहिलेदेखि नै किसानहरुलाई अनुदानमा जोत्नलाई टे्क्टर,पावरटेलर, धान काट्ने मेसिनसँगै यसबर्ष धान रोप्ने मेसिन समेत उपलव्ध गराएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत कार्यालयले देउखुरीको राजपुर गाउँपालिकामा रहेको सूर्यदाय कृषि सहकारी सस्था, लमही नगरपालिकामा रहेको हरितक्रान्ति कृषि सहकारी सस्था र गढवा गाउँपालिकामा रहेको निलकमल कृषि समूहलाई अनुदानमा सहयोग गरेको बताए । ‘मेसिनबाटै धान रोप्ने हामी जिल्लामा परिक्षणका रुपमा अहिले दुई वटा सहकारी र एउटा कृषि समूहलाई मेसिन उपलव्ध गराएका छौ’–सूचना अधिकारी पौडेलले भने–‘मेसिनबाटै राजपुर गाउँपालिकाको बेलामा धान रोप्ने काम भैरहेको छ, भोली लमहीमा हुदैछ ।’

उनले लकडाउनका कारण देउखुरीको गढवामा रहेको कृषि समूहले ल्याउन ढिलाई गरेको बताए । उनले आगामी बर्ष जिल्लाका अन्य पालिकाहरुमा रहेका सहकारी सस्था वा कृषि समूहलाई समेत दिने बताए । ‘कृषिलाई प्रविधिमैत्री बनाउदै परम्पराग कृषि प्रणालीको अन्त्य गर्ने उद्देश्य हो’–उनले भने–‘त्यही अनुसार किसानलाई प्रविधिमा सहयोग गरिरहेका छौ ।’ पछिल्लो समय जिल्लामा धेरै किसानहरु प्रविधिमैत्री बन्दै गएको समेत बताए ।

कृषि ज्ञान केन्द्रसँगै पछिल्लो समय कृषिमा प्रवृद्धिको प्रयोग बढाउने उद्देश्यले जिल्लाका स्थानीय तहहरुले समेत किसानलाई खेत जोत्नका लागि पावरटेलर टेक्टर सहयोग गर्दै आएका छन् । जसले गर्दा धेरै किसानहरुलाई सहजता भएको छ । उनका अनुसार दाङमा हाल ३९ हजार ६ सय हेक्टर जमीनमा धान खेती हुने गरेको छ । त्यस मध्य हालसम्म करिव ६५ प्रतिशत जमिनमा धान रोपाई सकिएको समेत उनले बताए ।

‘अहिले जेठमै राम्रो बर्षाद भएकाले किसानलाई पानीको समस्या भएन । जसले गर्दा देउखुरी क्षेत्रमा धेरै किसानले रोपाई सक्नुभएको छ’–उनले भने–‘दाङ उपत्यकामा भने ढिला व्याड राखेका कारण रोपाई अहिले पनि भैरहेको छ ।’ उनले देउखुरीका ८० प्रतिशत किसानले धान रोपाई सकेको र दाङतिर ५० प्रतिशत किसानले रोपाई सकेको समेत बताए ।
बीउ अभाव, मल प्राप्त छैन्

त्यसैविच यस बर्ष जिल्लाका किसानहरुलाई धान खेतीका लागि बीउ अभाव रहेको बताएको छ । लकडाउन तथा मुलबीउ उत्पादन नभएका कारण उन्नत धानको जातको बीउ भने अभावनै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । बाली संरक्षण अधिकृत समेत रहेको सूचना अधिकारी पौडेलले मुल बीउ उत्पादन गर्ने संस्थाहरुलेनै बीउ उत्पादन नगरेका कारण किसानहरुलाई समस्या परेको बताए ।

उनले उन्नत जातको बीउ यस बर्ष नपाएपछि हाइब्रेडलेनै स्थान पाएको बताए । बिउ उत्पादन अनुसन्धान केन्द्रमै यस बर्ष मुल बीउ नपाएपछि अभाव भएको हो । त्यस्तै गत बर्ष अनुदानमा उन्नत जातका धानको बीउ वितरण गरेपनि यसबर्ष लकडाउनका कारण खरिद गर्न नसकिएको उनले बताए । तर यसबर्ष किसानलाई रासायनिक मलको समस्या नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*