Home / Feature Breaking news / दाङमा राष्ट्रिय बृक्षारोपण सप्ताह सुरु

दाङमा राष्ट्रिय बृक्षारोपण सप्ताह सुरु

दाङ,१३ असार । डिभिजन वन कार्यालय दाङले आज सोमवार एक कार्यक्रम गरी राष्ट्रिय बृक्षारोपण सप्ताहको शुरुवात गरएको छ । डिभिजन वन कार्यालय दाङको आयोजना, नारायणपुर सव डिभिजन वन कार्यालयको सहजिकरण र नेपाल चिकित्सक संघको सहकार्यमा घोराही उपमहानगरपालिका वडा नं ११ हापुरको गणेशपुरमा एक औपचारिउका कार्यक्रम गरी बृक्षारोपण सप्ताह शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख बिजयराज सुवेदीले यो बर्ष तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उहाले आजदेखि दाङमा तीन लाख बिरुवा रोप्ने कार्यक्रम शुरुवात गरिएको जानकारी दिनुभयो ।

करिव एक लाख जडिबुटी प्रजाति र दुइ लाख बढि काष्ठ तथा बहुउदेश्यीय प्रजातिका बिरुवा रोप्ने योजना अनुसार बिरुवा रोप्ने काम शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं ११ हापुर गणेशपुरको मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरिएको करिव १० कठ्ठा जग्गा खाली गराइ यो बर्षको बृक्षारोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ । मित्र सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल लगायतका प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ ।

राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर आजै घोराही उपमहानगरपालिका वडा नं १८ को घोरदौरा कृषि फर्मको आयोजनामा २ हजार टिमुरका बिरुवा, एकिकृत बहुउद्देश्यीय सहकारी कृषि फर्म दुधसारको निजी वन क्षेत्रमा कागति र फलफूलका १ हजार ५ सय बिरुवा र मेट्रो कलेज तुल्सीपुरको जग्गामा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय दाङको आयोजना, नारायणपुर सव डिभिजन वन कार्यालयको सहजिकरण र नेपाल चिकित्सक संघको सहकार्यमा हापुरको गणेशपुरमा भएको बृक्षारोपण सप्ताह शुभारम्भ कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत सुवेदीले बृक्षारोपण र यसको महत्व तथा जिल्लामा यो बर्ष गरिने बृक्षारोपण अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।

बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले सवैको सहकार्यबाट बिरुवा लगाउने र हुर्काउने अभियानलाई सफल पार्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि राना, घोराही उपमहानरपालिका वडा नं ११ का अध्यक्ष कुलबहादुर लामिछाने, नेपाल चिकित्सक संघ दाङका अध्यक्ष डा कुवेर रेग्मी, डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसी लगायएकाले बृक्षारोपण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।

दाङको पहाडि क्षेत्रमा जडिबुटि र अन्य क्षेत्रमा काष्ठ तथा बहुउदेश्यीय प्रजातिका बिरुवा राप्नका लागि बिरुवा तयारी अवस्थामा रहेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । जडिबुटिका बिरुवा रोप्नेलाई प्रोत्साहन स्वरुप प्रति बिरुवा तीन रुपैया र अन्य बिरुवाहरु डिभिजन वन कार्यालयले निशुल्क उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*