Home / समाचार / घोराहीको एक होटलमा युवक मृत फेला

घोराहीको एक होटलमा युवक मृत फेला

दाङ,७ असार । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा अन्दाजी ३५ वर्षीय आकाश खड्का मृत अवस्थामा फेला परेका हुन् ।

खड्का घोराही उपमहानगरपालिका १८ निवासी हुन् । खड्का अत्याधिक मापसे गरेर बोमिट गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*