Home / Feature Breaking news / कोभिड विरामीकालागी आवश्यक रेम्डीसिभिर औषधी विक्रीमा रोक

कोभिड विरामीकालागी आवश्यक रेम्डीसिभिर औषधी विक्रीमा रोक

दाङ, ३ जेठ

कोभिड विरामीलाई आवश्यक पर्ने रेम्डीसिभिर नामको औषधी विक्रीमा रोक लगाईएको छ । घोराहीको कालिका मेडिकलबाट सरकारी दरभन्दा कम मूल्यमा बिक्री हुँदै आएको रेम्डीसिभिर औषधी जिल्ला प्रशासन कार्यालय दाङले विक्रीमा रोक लगाएको हो ।

शनिवार दाङ आईपुगेको सो औषधी मंगलवारदेखी प्रशासनले विक्रीमा रोक लगाएको हो । कालिका मेडिकलले नाफा नलिएर सो औषधी विक्री गरिरहेको थियो ।

‘हामीसँग ४८ भाईल औषधी आईपुगेको हो । जसमध्य ३० भाईल विक्री भईसकेकोछ । जसलाई हामीले एक रुपैया पनि नाफा नलिएर विक्री गरिरहेका थियौ’ कालिका मेडिकलका सञ्चालक बद्रिकुमार खड्काले भन्नुभयो– ‘सरकारले ४ हजार ९ सयमा विक्री गर्ने भनेको छ तर हामीले ४ हजार ८ सयमा लिएका हौँ र सोही मुल्यमा विक्री गरेका थियौँ ।’

जिल्ला प्रशासन कार्यालय दाङले औषधी व्यवस्था विभागको सुचना अनुसार औषधी विक्रीमा रोक लगाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*