Home / Feature Breaking news / कोभिड १९ को प्रकोपमा मानसिक तथा मनोसामाजिक हेरचाह

कोभिड १९ को प्रकोपमा मानसिक तथा मनोसामाजिक हेरचाह

लक्ष्मी ढकाल

कोभिड १९ का संक्रमित दैनिक बढदै गएका छन् । दिनहुु मानिसहरुको मृत्यु भईरहेको छ । कोरोनाको ग्राफ दैनिक उकालो लाग्दै गएको छ । यो अवस्थामा मानिसमा नैराश्य पैदा हुुने स्वभाविक हो । जस्तो विहान उठने वित्तिकै समाचार हेर्दा कोरोनाको समाचारले चिन्तीत बनाउने गर्दछ ।

विरामी संख्या यति थपिए भनेर देखियो अव हामीमा परिस्थिति श्रृजना भयो । केही केही सोचाई हामीमा आईहाल्छ । ओहो हाम्रो ठाउमा पनि विरामीको संख्या बढ्न थाल्यो । हामीलाई पनि गाह्रो हुने भयो । अब त विरामीको संख्या नघट्ने पो हो की भन्ने सोचाई आउन सक्छ । सोचाईको साथ साथमा मनमा हाम्रो भावनामा पनि परिवर्तन आउन सक्छ ।

सोचाईको साथमा डर चिन्ता हुनसक्छ । डर र चिन्ताको साथमा शरीरमा पनि परिवर्तन आउन सक्छ । शरिरमा छिटो छिटो श्वास चल्ने, मुटु ढुकढुक बढ्ने अथवा मांशपेसीहरु तनाबमा जान सक्छ । यतिमात्र सिमित नभई हाम्रा व्यवहारमा पनि परिवर्तन हुन सक्छ । जस्तो की हामीले गरिरहेको काम कुरा छोड्न सक्छौ अथवा त्यसको बारेमा कसैलाइ सोध्छौ होला । यस्तो हुनु भनेको व्यवहारमा परिवर्तन भयो । सोचाईको परिवर्तन, भावनाको परिवर्तन, व्यवहारको परिवर्तन र शारिरीक प्रतिक्रियाको परिवर्तन हुनु भनेको मनोवैज्ञानिक परिवर्तन हो ।

परिस्थितिमा सामाजिक पक्ष एकदम महत्वपुर्ण रहेको छ । हामी कसरी अरुसँग घुलमिल भएका छौ । हाम्रो सम्बन्ध कस्तो छ । त्यसैले हाम्रो मन, शरीर र समाजको सम्वन्ध एकदमै महत्वपुर्ण छ । यसैलाई हामीले मनोसामाजिक सहयोगको रुपमा लिन्छौ । सामान्यतया चिन्ता, डर, आत्तिने कुराहरु, अलमलमा पर्ने कुराहरु दुखका कुराहरु, पिडाका कुराहरु, एक किसिमले समान रुपले हुन्छ भने कतिपयमा डर लिने, चिन्ता लिने तनाव लिने परिस्थिती अनुुसार फरक हुन्छ ।

प्रकोपको अवस्थामा केही डर, चिन्ता अथवा तनाब आउने कारणहरु निम्न छन–

१) रोगको चिन्ता ः कोभिड १९ को वेलामा यो रोग मलाई लाग्छ या मेरा प्रियजनहरुलाइ लाग्छ कि यो रोग लागिसकेपछि बाचिदैन मर्ने नै हो भन्ने डर चिन्ताले तनाव आउछ ।

२) स्वास्थ्य संस्थाको डर ः धेरैजसोलाई स्वास्थ्य संस्था, हस्पिटल, क्लिनिक जान डर छ । त्यहा गयो भने रोग सर्ने हो कि, अथवा जानै पर्यो भने कसरी जाने हो भन्ने कुराको चिन्ता हुन्छ ।

३) काम व्यवसायको चिन्ता ः दैनिक मजदुरी गर्ने हाम्रा दाजुभाई दिदी बहीनीहरुलाई कामको तथा आर्थिक तनाव छ । कतिपयलाई घरबाटै अफीसको काम गर्नु परेको छ । Work from home भनिरहेको छ । कतिपयलई व्यापार व्यवसायको तनाव छ ।

४)सामाजिक विभेदः हामी मानिसमा जातको आधारमा लिंगको आधारमा वर्णको आधारमा हामी र म अथवा तिमीहरु भनेर समुहमा विभाजन गर्ने प्रथा छ । त्यही अनुसार हामी कुनै समुहलाई विभेद गरिरहेका हुन्छौ । कोभिडको कारणले कतिपय मानिसहरु क्वारेन्टाइनमा, आईसोलेसनमा बसिरहेकाहरु या अन्य कुनै विरामीहरुर्लाई सामाजिक विभेदिकरण गरिरहेको कुरा पत्रपत्रिकामा आईरहेको छ । यस्ता सामाजिक विभेदका कारण पनि तनावको सृजना हुन्छ ।

५) आफन्त प्रियजनलाई केही हुन्छ कि भन्ने डरः त्यसैगरी कतिपयलाई मेरो आफन्त प्रियजनलाई केही हुनछ कि मैले बचाउन सकिदैन कि विदेशमा रहेका आफन्तलाई केही हुनछ कि । केही भैहाल्यो भने े के गर्ने भन्ने चिन्ता हुन सक्छ ।

६) लकडाउनमा एक्लोपना ः कोभिड १९ को सामना गर्नको लागी, यसको रोकथाम गर्नको लागी, आँपूm बच्न र अरुलाई बचाउनका लागी हामी लकडाउनमा छौ । कोही क्वारेन्टाइनमा या आइसोलेसनमा छौ । यो अवस्था भनेको एक्लोपनाको अवस्था हो । हामीले सामान्य अवस्थामा गरिरहेको काम भन्दा फरक हुन सक्छ अनि दिक्क लाग्न सक्छ । दुख, चिन्ता लाग्न सक्छ, एक्लो हुँदा पिडा हुन सक्छ । यो भाइरस नया भएकाले हरेक दिन नयाँ नयाँ तथ्यहरु आइरहेको बेला यसरी सर्छ, उसरी सर्छ हावाबाट सर्छ कि नाई यो गर्दा बढछ कि यो गर्दा कम हुन्छ कि भन्ने यावद अनिश्चतता कुराले हामीलाई तनाव बढाउछ ।

यो समयमा बालबालिकाहरुको विद्यलय, कलेज बन्द छ । सबै जना घरमा हुनुहुन्छ । परिवारमापनि चुनौती रहेको छ । कतिपय गृहिणीहरु काम गरिरहनु भएको छ । बालबालिकाहरु घरमा हुदा उनीहरुको लागी समय छुटयाउनु पर्यो । त्यो अर्को किसीमको चुनौती थपिएको छ । डर र चिन्ता दिने कुराहरु कतिपय सान्दर्भिक हुन भने कतिपय डरचिन्ता गलत जानकारी र हल्लाले पनि हुने गर्दछ ।

प्रकोपमा तनाव व्यवस्थापन गर्ने विभिन्न टिप्सहरु निम्न रहेका छन्–

१) यस्तो अप्टयारो परिस्थितीमा मन दुखी हुने, चिन्तित हुने, अलमलमा पर्ने, आत्तिने चिडचिडापन हुने हामीहरु धेरैलाई हुने गर्दछ । यसलाई असामान्य परिस्थितीमा हुने सामान्य प्रतिक्रयाको रुपमा लिनुपर्ने हुन्छ । डर र चिन्ता हामीहरुलाई प्रकृतिले दिएको हुन्छ । त्यसकारण हामीलाई सर्तक हुनलाई दिएको हो । तर बढि डर र चिन्ता हुनु भएन स्वीकार्नु पर्छ ।

२) आफनो विश्वासीलो आफन्त साथीभाई वा अन्य हितैषीसंग कुरा गर्दा फाइदा हुन्छ । यो अवस्थामा साथीभाइसँग भेट्न सुरक्षित वा सम्भव नहुने भएकाले फोनमा या अनलाइनमा कुरा गर्नुहोस् । आफनो मनको कुरा साटासाट गर्नुस् । उहाँहरुले आफ्नो दुःख चिन्ता पोख्दा राम्ररी सुनिदिनुहोस । सुनिदिए मात्र पनि मन हलुंगो हुन्छ । तर एक अर्कालाई त्रास बढाउने हल्लामा मात्र भने भुल्नु हुदैन ।

३) यो समयमा हाम्रो दिनचर्या अरु दिन भन्दा फरक हुने भएकाले आफुलाई व्यस्त राख्ने योजना बनाउनुहास् र त्यसै अनुरुप काम गर्नुस् । यो दिनलाई कसरी सदुपयोग गर्ने भनेर अगाडि बढदा सजिलो हुनछ । दिन शुरु गर्दा नै मैलेआज यी काम गर्छु भनेर योजना बनाउनुहोस् । त्यसमा आफुलाई स्वस्थ राख्ने, कृयाकलाप, समयमा खाने, सुत्ने कुरा, व्यायाम, आफन्तसँगको समय, रमाइलो हुने या म बहलिने कुरा,घरमै वा एकैठाउमा बसेर गर्न सक्ने कुरा पनि राख्ने ।

४) कतिपय व्यक्तिहरु आफनो डर र तनाव कम गर्न धुम्रपान, मद्यपान वा लागुपदार्थमा झन कुलतमा फस्ने सम्भावना हुन्छ यो कुरा याद गर्नुहोस् ।

५) यो अवस्था भनेको सर्तक रहने तर आतंकित नहुने समय हो । त्यसैले अहिलेको अवस्था के हो, सरकारले जारी गरेको सुचना के हो र अन्य तथ्यगत कुराहरुको बारेमा कुनै भरपर्र्दोआफन्त वा कुनै एक संचार माध्यम वा सरकारी स्रोतलाई मात्र आफनो सुचनाको लागी प्रयोग गर्नुहोस् । सही सुचना र जानकारीले हामीलाई समस्यासँग जुध्न सहयोग गर्दछ ।

६) सामाजिक संजाल वा अन्य संचार माध्यममा दिनभर समय बिताउने र नकारात्मक समाचार मात्र खोजी खोजी पढने सुन्ने बानी हामीहरु धेरैमा हुन्छ । साथेै हामीहरु अरुलाई पनि त्यही डर फैलाउने किसिमका समाचारहरु भन्दिइरहेका हुन्छौ । यस्तो कृयाकलापहरुले हामीलाई सजग रहनु भन्दा पनि आतंकित गराउन मात्र सहयोग गर्दछ । त्यसले यसलाई कम गरौ बरु निश्चित समयमा निश्चित ठाँउबाट मात्र सुचनाहरु पढने बानी बसालौ ।

७) बिगे्रको भत्केको मात्र होइन सप्रेको राम्रो भएको आश पलाउने समाचार पनि खोज्ने बानी बसाल्नु पर्दछ । कुनै हल्ला सुन्दा आफुले आफुलाई यी प्रश्नहरु गर्ने बानी गर्नुपर्छ । के यो भरपर्दो स्रोतबाट सुनेको हो ? यो कुराको यर्थाथ कसरी थाहा पाउने ?कुनै भरर्दो व्यक्ति छ ? जसलाई फेरी सोध्न सकिन्छ ?

८) पहिले पनि मनमा गाहे हुँदा हामले आफनो मनलाई सम्हाल्थ्यौ । ती कुरा याद गरौ र त्यसलाई पेरी पनि सदुपयोग गरौ जस्तो कि व्यायाम, योग, ध्यान प्राथना, संगीत सुनेर, फिल्म हेरेर पढेर, आफनो बालवालिकासँग समय विताए आदि (एकछिन याद गर्नुहोस )

९) हामीले चाहेर या नचाहेर पनि मनमा आउने हाम्रा सोचाई, विचार ले हाम्रो मनमा डर, रिस जस्ता भावनाहरुलाई बढाउने वा घटाउने गर्दछ । त्यसैले जब तपाईमा मनमा गाह्रो हुन्छ । अरुलाई यी प्रश्नहरु गनुहोस् । म के सोच्दैछु ? म मनमनै के कुरा गर्दै छु ? के सोचाई कतिको साचो हो ? यो सोचाई कतिको आवश्यक वा काम लाग्ने कुरा हो ? मैले यो कुरालाई कसरी लिदा मलाई सजिलो हुन्छ ? समस्या समाधान गर्नु पर्ने हो भने कसरी समस्या समाधान गर्ने ?

१०) मनलाई र शरीरलाई आनन्द आउने किसिमका रिल्याक्सेसनहरु पनि गर्ने ।

११) शरीरमा कुनै चोटपटक या दुखाई भएमा हामी तुरुन्त डाक्टरकोमा जानछौ डाक्टरको सहयोग लिन्छौ त्यसै गरी मनमा पनि अत्यधिक गाहो भएमा कस्को सहयोग लिने कहाँ जाने भनेर जानकारी पाउनु पर्छ । अहिले विभिन्न संघ संस्थाहरु मार्फत मनोविमर्शकर्ताहरु मार्फत मनोविमर्श सेवा दिईरहेका छन् । ती संघ संस्था या मनोविमर्शकर्ताहरुको फोन नं लिईराख्ने गर्नुपर्दछ । सहयोग माग्न अफटेरो मान्नु हुदैन । सहयोग माग्नु भनेको बलियो हुनु हो ।

लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङमा कार्यरत मनोसामाजिक मनोविर्मकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*